Aamsanchar

मूनामदन एकाडेमीको आकर्षक फिल्ड डान्स

Author Image
शनिवार, फागुन ११, २०७५

शान्तिनगर ।

मूनामदन एकाडेमी अग्रेजी माध्यमिक विद्यालयले आफ्नो २२ औ बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरी मनाएको छ । झापा बुद्धशान्ति–४ बर्नेमा रहेको उक्त विद्यालय साविक शान्तिनगर क्षेत्रको सवैभन्दा पुरानो निजी विद्यालय हो ।

विद्यालयका संस्थापक अध्यक्ष चक्र शेर्माको सभापतित्व रहेको कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाकी उपाध्यक्ष मीरा भूर्तेलको प्रमुख आथित्य रहेको कार्यक्रममा वडा नम्वर–४ का वडाध्यक्ष बुद्धिमान जवेगु, ६ नम्वर वडाध्यक्ष शम्भु पौड्याल र ७ नम्वर वडाध्यक्ष मात्रिका प्रसाद पौड्यालको विशेष आथित्य रहेको थियो ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष स्व.कृष्णप्रसाद शेर्मा, संस्थापक सदस्य स्व.नेत्रप्रसाद दाहाल र शिक्षक स्व. अमृत आले मगरको फोटोमा माल्यार्पण गरी श्रद्धान्जली अर्पण गरिएको थियो । फरक र भिन्न शैलीका कारण मूनामदनको बार्षिकोत्सव आकर्षक र लोभलाग्दो हुने गरेको छ । जल्दोबल्दो विषय बस्तुलाई टपक्के टिपेर सुन्दर ढंगले प्रस्तुत गर्ने खुवीका कारण विद्यालयको हरेक बर्षको फिल्ड डान्सलाई धेरैले मुक्तकण्ठले प्रसंसा गर्ने गरेका छन् ।

नेपाल सुन्दर देश हो । विश्वका कतिपय देश अझैपनि द्धन्दले ग्रसित छन् । तर, नेपाल यस्तो देश हो, जहाँ विभिन्न जातजाती, धर्म–सम्प्रदाय मिलेर बस्ने एउटा सुन्दर ठाउँ भन्ने सन्देश बोकेको फिल्ड डान्स विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । उक्त फिल्ड डान्स सिकाएका थिए, सोही विद्यालयका नृत्य शिक्षक ज्ञानु सुब्बाले । कार्यक्रममा कक्षा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरुले कौडा, मारुनी, राउटे, थारु र मकौडा जस्ता जातिय सांस्कृतिक नृत्य प्रस्तुत गरेका थिए । यससंगै, गीत, कविता, गजल पनि प्रस्तुत गरेका थिए ।

विद्यालयका सह–प्रधानाध्यापक दुर्गा ढुङ्गेलले स्वागत गरेको कार्यक्रममा विद्यार्थीको तर्फवाट अस्मिता आचार्यले ‘वेलकम स्पिच’ राखेकी थिईन् । कार्यक्रममा बुद्धशान्ति गाउँपालिकाका जनप्रतिनीधि, विभिन्न सामाजिक संघ–सस्थाका प्रतिनीधि, शिक्षक, बुद्धिजीवि, महिला अधिकारकर्मी, विभिन्न विद्यालयका शिक्षक÷शिक्षिक, पत्रकार लगायतको उपस्थिती रहेको थियो ।

विद्यालयका प्रिन्सिपल चेतन ढुङ्गेल, शिक्षक अनिल आचार्य र विद्यालयका विद्यार्थीहरुले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए । २०५४ सालमा प्राथमिक तहवाट सञ्चालनमा आएको विद्यालयमा हाल कक्षा–१२ सम्म एक हजार दुई सय बढी विद्यार्थी अध्ययन् गर्दै आएका छन् ।

Views: 334

प्रतिक्रिया (०)

सम्बन्धित खबर