Aamsanchar

नागरिक सहायता कक्ष स्थापना

Author Image
आइतवार, फागुन १२, २०७५

काठमाडौँ, 

महानगरीय प्रहरीवृत्त स्वयम्भूमा नागरिक सहायता कक्ष स्थापना गरिएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिका–१५ को आर्थिक सहयोगमा निर्माण गरिएको कक्षको आज नागार्जुन नगरपालिकाका उपप्रमुख सुशीला अधिकारी र काठमाडौँ महानगरपालिका– १५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले संक्तुतरुपमा उद्घाटन गर्नुभयो ।

समाजमा अपराध नियन्त्रण गरी शान्तिसुरक्षा कायम गर्न र नागरिकका गुनासालाई तत्कालै सम्बोधन गर्नका लागि सहायता कक्ष सहयोगी बन्ने विश्वास गरिएको महानगरीय प्रहरीवृत्त स्वयम्भूका प्रहरी नायब उपरीक्षक सुधीरराज शाहीले बताउनुभयो । रु तीन लाख २७ हजारको लागतमा कक्ष निर्माण गरिएको हो ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीका अनुसार समुदाय प्रहरी साझेदारी कार्यक्रम सञ्चालनका लागि मुलुकका ७४७ स्थानीय तहमा समिति गठन भएर सचेतनामूलक कार्यक्रम चलिरहेको छ ।

बाँकी ठाउँमा पनि गठनको प्रक्रिया जारी रहेको जानकारी दिँदै उहाँले कार्यक्रमको मुख्य उद्देश्य भनेको समुदायसँग मिलेर अपराध नियन्त्रण गर्ने, फरार अपराधी पक्राउ गरी कानूनी दायरामा ल्याउने र समाजमा घटना नै घट्न नदिनका लागि आवश्यक सचेतना अभियान चलाउने रहेको बताउनुभयो ।

Views: 118

प्रतिक्रिया (०)