Aamsanchar

फिल्म निर्माता रोज राणामाथि खुकुरी प्रहार

Author Image
मङ्गलवार, साउन ३२, २०७३

roj rana

काठमाडौँ ।

फिल्म निर्माता रोज राणामाथि सोमबार साँझ काठमाडौँमा खुकुरी प्रहार भएको छ ।

मध्यबानेश्वरस्थित रत्नराज्य स्कुल अगाडि अपरिचित समूहले राणाामाथि खुकुरी प्रहार गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक प्रधुम्न कार्कीले जानकारी दिनुभयो । घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

खुकुरी प्रहारबाट राणाको दाहिने हातमा चोट लागेको छ । उनको सिभिल अस्पताल मीनभवनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर