Aamsanchar

घाग्रा खोलामा पुल पुनर्निर्माण शुरु

Author Image
मङ्गलवार, फागुन १४, २०७५

सुरुङ्गा,

दक्षिणी झापाको बाह्रदशी गाउँपालिका–६ भएर बग्ने घाग्रा खोलामा पुल पुनर्निर्माण शुरु गरिएको छ ।

रु दुई करोड ६० लाखको लागतमा निर्माण शुरु गरिएको पुलको सांसद राजेन्द्र लिङ्देनले शिलान्यास गर्नुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्रीसमेत रहनुभएका लिङ्देनले पुल निर्माण भएपछि चारपाने, डाँगीबारी लगायत स्थानका हजारौँ सर्वसाधारण लाभान्वित हुने बताउनुभयो ।

आगामी आवभित्र पुल निर्माण सम्पन्न हुने बताइएको छ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, १ नं प्रदेश र बाह्रदशी गाउँपालिकाको संयुक्त लगानीमा पुल बन्न लागेको गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताउनुभयो । पुलको लम्बाइ ५३ मिटर रहनेछ ।

Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर