Aamsanchar

३० किलो गाँजासहित दुईजना पक्राउ

Author Image
मङ्गलवार, फागुन १४, २०७५

जनकपुरधाम,

सर्लाहीबाट प्रतिबन्धित लागु औषध गाँजासहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। सर्लाही जिल्ला बाग्मती नगरपालिका वडा नं. ११ बाट प्रतिबन्धित ३१ किलो लागु औषधसहित दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

  पक्राउ पर्नेहरुमा जिल्ला सिन्धुली मरिण गाउँपालिका वडा नं. ३ घर भएका २१ बर्षीय डम्मर बहादुर मोक्तान र २९ बर्षीय मंगलसिंह मोक्तानलाई प्रतिबन्धित लागुऔषध गाँजासहित प्रहरीले पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ।

  सर्लाहीको इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरी टोलीले चेकिङको क्रममा सिन्धुलीबाट सर्लाहीतर्फ आउँदै गरेको ज. ३ त. ७३८७ नम्बरको ट्याक्टरलाई शंका लागि चेकजाँच गर्दा ट्याक्टरको ट्रेलरमा लुकाई ल्याएको प्रतिबन्धित लागूऔषध गाँजा फेला पारी चालक डम्बर र ट्याक्टर धनी मंगल सिंहलाई पक्राउ गरिएको हो।

यसैगरी सिरहाको ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरी गस्ती टोलीले धनगढीमाई नगरपालिका वडा नं. १ खुट्टीस्थित जंगलबाट प्रतिबन्धित लागूऔषध  ४० किलो गाँजा बरामद गरेको छ।

गाँजा लिएर जादै गरेको अवस्थामा प्रहरीको गस्ति टोलीलाई टाढैबाट देखी गाजाँ छाडी फरार भएकोमा मंगलवार बिहान बरामद गरिएको प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रहरी नायव उपरिक्षक दानबहादुर थापाले जानकारी दिए।

Views: 231

प्रतिक्रिया (०)

सम्बन्धित खबर