Aamsanchar

सेनाको सर्पदंश उपचार केन्द्रबाट ५५२ जनाले सेवा लिए

Author Image
मङ्गलवार, फागुन १४, २०७५

भीमनगर,

कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका नेपाली सेनाको सर्पदंश उपचार केन्द्रबाट ५५२ ले सेवा लिएका छन् ।

अर्जुनीमा सञ्चालित सो केन्द्रबाट चालू आर्थिक वर्षको हालसम्ममा १७४ विरामीले सेवा लिएको देवीदल गणका गणपति प्रमुख सेनानी राजु बस्न्यातले जानकारी दिनुभयो ।

नेपाली सेनाको प्राविधिक सहयोगमा सञ्चालित सो केन्द्रमा केही समयअघि आवश्यक औषधिको अभाव रहे पनि हाल उपचारका लागि कुनै पनि समस्या नरहेको केन्द्रका प्राविधिक सुवेदार दीपेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो

Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर