Aamsanchar

हाजिरीजवाफमा प्रज्ञा एकाडेमी प्रथम

Author Image
मङ्गलवार, फागुन १४, २०७५

झापा ।

नेपाल विद्यार्थी संघ झापाको कार्यतालिका अनुसार मंगलबार भद्रपुर नगरपालिकामा भएको अन्तर माध्यमिक हाजिरीजवाफ प्रतियोगितामा प्रज्ञा एकाडेमी प्रथम भएको छ ।

१४ वटा विद्यालयको सहभागितामा भएको नगरपालिका स्तरिय प्रतियोगितामा एस एस निकेतन दोश्रो र विदुर मावि तेस्रो भएको आयोजकले बताएको छ ।

नेवि संघ भद्रपुर नगरका कार्यवाहक नगर सभापति अनुप अधिकारीको सभापतित्व, नेवि संघ झापा क्षेत्र नम्बर ३ का क्षेत्रिय सभापति गणेश पोख्रेलको प्रमुख आतिथ्यता, नेविसंघ झापा सभापति राजेन्द्र उप्रेतीको विशिष्ट आतिथ्यता तथा नेबिसंघ झापाका सचिव नारायण नेपाल, जिल्ला सदस्य निर्मल दाहाल, कचनकवल गाँउ समिति सभापति सागर राजवंशी ,कन्काइ क्याम्पस बिर्तामोड स्ववियु सभापति संजय राई लगायत आतिथ्यतामा भएको कार्यक्रमको संचालन नेविसंघ कचनकवल गाँउ समिति सचिव विकास घिमिरेले गरेका थिए ।

Views: 6

प्रतिक्रिया (०)

सम्बन्धित खबर