Aamsanchar

सम्पन्न चौंथो झापा गोल्डकपमा खेल संगै अन्य यस्ता कार्यक्रम पनि भयो (फोटो फिचर सहित)

Author Image
सोमवार, फागुन २७, २०७५

निर्णायकलाई वल हस्तान्तरणगरी खेल उदघाटन गर्दै प्रमुख अतिथि पूर्व उपप्रधान मन्त्री कृष्णप्रसाद सिटौला ।

बिर्तामोड, फागुन २७ । चौथो मगमग झापा गोल्डकपको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले हात पारेको छ ।

बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा आज सम्पन्न फाइनल खेलमा झापा ११ लाई घरेलु मैदानमा पराजित गर्दै झापा गोल्ड कपको उपाधि त्रिभुवन आर्मीले हात पारेको हो । उपाधिसँगै त्रिभुवन आर्मीले नगद १२ लाख ५० हजारसहित ट्रफी हात पा¥यो भने उपविजेता बनेको झापाले नगद ६ लाख ५ हजारमा चित्त बुझाउनु प¥यो ।

राष्ट्रियगानमा सरिक विशिष्ठ व्यक्तीहरु ।

झापा ११ लाई ५—३ गोलअन्तरले पराजित गर्दै त्रिभुवन आर्मी क्लवले उपाधि चुमेको हो । आर्मीको जितका लागि क्याप्टेन भरत खवास, टेकबहादुर बुढाथोकी, नवयुग श्रेष्ठ, सन्तोष तामाङले गोल गरेका थिए । तामाङले दुई गोल गरेका थिए । यता झापाका लागि योगेश गुरुङ, विदेशी खेलाडी फ्रान्सिस् र भिक्टोरले एक एक गोल गरेका थिए ।

उद्घाटन पस्चात मैदानवाट बाहिरिदै झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी झापाका दिलेन लोक्ताम घोषित भए । उनले यामाहाको मोटरसाइकल प्राप्त गरेका छन् । सर्वाधीक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ भए । उनले नगद २५ हजार प्राप्त गरेका छन् । खेलको म्यान अफ दि म्याच आर्मीका सन्तोष तामाङ, उत्कृष्ट गोलरक्षक आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर झापाका देवेन्द्र तामाङ, उदयमान खेलाडी झापाका निशान खड्का, उत्कृष्ट मिडफिल्डर झापाका पुजन उपरकोटी र उत्कृष्ट प्रशिक्षक आर्मीका चुनबहादुर थापा घोषित भए । उत्कृष्टहरुलाई नगद २१ हजार रुपैयाँ प्रदान गरिएको छ ।

प्याराफिटमा झापा गोल्डकपका संस्थापक सदस्य र सर्वसाधारणहरु ।

झापा गोल्डकपको फाइनलमा झापा र आर्मीको यो तेस्रो भेट हो । आर्मीले झापालाई नै पराजित गर्दै पहिलो र तेस्रो सिजनको उपाधि हात पारेको थियो । झापा ११ भने चौथो पटक फाइनलमा पुगेपनि उपाधि रक्षा गर्न सकेन ।

लाईफ टाइम एचिप्मेन्ट अवड अघी बढदै नरेन्द्र लिम्बु ।

झापा गोल्डकप मूल आयोजक समिति संयोजक महेन्द्रकुमार गिरीको अध्यक्षतामा भएको प्रतियोगिता समापन शत्रको उद्घाटन नेपाली कांग्रेसका नेता पूर्व उपप्रधान तथा गृह मन्त्री कृष्णप्रसाद सिटौलाले गर्नुभएको थियो ।

लाईफ टाइम एचिप्मेन्ट अवड उपाधी संगै प्रमुख अतिथि वाट यमाह मोटरसाईकलको चावी र झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीवाट सम्मान पत्र दिदै  नरेन्द्र लिम्बु ।

सोही अवसरमा महिला फुटवलर अस्मिता खवास र पुरुष फुटवलर गम्भीर राईलाई नगद २५ हजार सहित सम्मान गरिएको थियो । त्यस्तै लाईफ टाइम एचिप्मेन्ट अवड झापाका नरेन्द्र लिम्बूलाई प्रदान गरिएको छ । उनलाई यमहाको एक थान मोटरसाईकल प्रदान गरिएको थियो ।

खेल हेर्न मग्नमुग्द नेपाली सिने जगतका हस्ती नायक दयाँहाङ राई ।

गोल्डकप मूल आयोजक समिति वरिष्ठ उपाध्यक्ष वलराम कार्की ले स्वागतग गरेको कार्यक्रममा बिर्तामोड नगरपालिका प्रमुख धुव्रकुमार शिवाकोटी लगायतले शुभकामना दिएका थिए । कार्यक्रममा गोल्डकप सफल वनाउन सहयोग गरेको भन्दै विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो ।

मुख्य प्रायोजक मगमग चाउचाउको प्रचार पनि टोपी झै बन्यो ।

खेल संचालन पूर्व मैदानवाटै आफ्नो गित प्रस्तुत गर्दै झापाली गायक प्रमोद खरेल ।

वीरताको गाथा सहितको नेपाली स्देशगान नृत्यमा सहभागी विद्यार्थीहरु ।

खेलाडीहरुको हौसला बढाउन खेल सम्वन्धी नृत्यमा सहभागी विद्यार्थीहरु ।

लोक संस्कृतिको जर्गेनामा विद्यार्थीहरु ।

नृत्यवाट सम्पूर्णलाई स्वागत गर्दै विद्यार्थीहरु ।

प्याराफिट भरिएपछी चौरमै बसेका दर्शक ।

प्याराफिट भरिएपछी चौरमै बसेका दर्शक ।

ट्रफी बन्यो प्यारो, सर्वाधीक गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ ।

ट्रफी बन्यो प्यारो, उत्कृष्ट गोलरक्षक  विकेश कुथु  ।

प्रथम उपाधी लिदै त्रिभुवन आर्मीका प्रशिक्षक, मेनेजर र क्याप्टेन ।

दोस्रो उपाधी लिदै झापा ११ का प्रशिक्षक, मेनेजर र क्याप्टेन, प्रदान गर्दै झापाली समाज अष्ट्रेलियाका प्रतिनिधी फुर्वा लामा लगायत ।

गोल मेरो भयो । विजयी भएपछी गोल बोकेर खुशीयालीमा आर्मीका खेलाडी ।

मैदानको पूर्व भागमा रहेका दर्शक ।

ईच्छा भए उपाय । टिकट काटौ भित्र बस्ने ठाउ छैन रुखैवाट हेरिन्छ ।

पहिलो गोल लागेपछी खुशीयालीमा व्याम गर्दै आर्मीका खेलाडीहरु ।

रंगशाला नजिकको घरमा दर्शकको घुईचो । 

सम्मानितहरु क्रमस् पुरुष फुटवलर गम्भीर राई, महिला फुटवलर अस्मिता खवास, लाईफ टाइम एचिप्मेन्ट अवड प्राप्त गर्ने नरेन्द्र लिम्बु ।

 

धरापमा दर्शक ।

फोटो : विनोद पाण्डे/आमसंचार

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर