काठमाडौँ।
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका नेताहरूसँगको परामर्शपछि सरकारमा जाने मन्त्रीहरूको नाम पठाउने तयारी गर्नुभएको छ ।
सम्भवतः बुधबार सरकार विस्तार हुने बुझिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले भन्नुभयो, पार्टीबाट १२ वटा मन्त्रालयमा मन्त्रीहरूको नाम पठाइने छ ।
काँग्रेसले १३ वटा मन्त्रालय पाएको चर्चा यसअघि भए पनि मन्त्री लेखकले काँग्रेसले १४ वटा मन्त्रालय पाउने जानकारी दिनुभयो ।
सभापति शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाले काँग्रेसले पाउने सबै मन्त्रालयमा मन्त्रीहरूको नाम बुधबार पठाउने तयारी भएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 174