Aamsanchar

अर्जुनधारालाई खेलाडी, युवा, पत्रकार, र कला साहित्य प्रेमीको साथ

Author Image
शुक्रवार, कार्तिक १, २०७६

झापा । अर्जुनधारा नगरपालिकाले गठन गरेको विभिन्न विषयगत समितिले बिहीबार पूर्णता पाएको छ ।

नगरपालिकाको सभाहलमा आयोजित एक कार्यक्रममा नगर खेलकुद विकास समिति, युवा परिषद, सूचना तथा सञ्चार र कला साहित्य समितिले पूर्णता पाएको हो ।नगरपालिकाले खेलकुद संयोजकमा अर्जुन मेचे, युवामा होम दुलाल, कला साहित्यमा सुशिला सुवेदी र सूचना तथा सञ्चारमा नगर प्रवक्ता सकुन्तला बराललाई संयोजक तोकेको थियो । विषयगत सबै समितिको संयोजक जनप्रतिनिधि हुन् । सदस्य भने विषयगतरुपमा जानकार तथा सम्बन्धित व्यक्तिलाई नै बनाइएको नगरपालिकाको भनाइ छ ।

नगर प्रमुख हरिकुमार रानाले सबै समितिका संयोजकलाई सपथ ग्रहण गराएका छन् । त्यस्तै, विषयगत समितिका संयोजकहरुले मातहतका सदस्यलाई सपथ गराएका थिए । सूचना तथा सञ्चार समितिका सदस्यलाई भने सपथ गराइएन । चारवटै समितिका सदस्यहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।सपथग्रहण कार्यक्रममा नगरप्रमुख रानाले नगरमा मानवीय विकासका लागि युवा परिचालन गर्ने नीतिअनुसार समिति निर्माण गरिएको बताए । उनले नगरको समृद्धिका लागि गठन गरिएको विषयगत समितिले आ(आफ्नो क्षेत्रबाट योगदान गर्नुपर्ने धारणा राखे ।

उनले दलगत विभेदबिनै समिति गठन गरिएको दाबी गर्दै समितिलाई सबैले अपनत्व ग्रहण गर्नुपर्ने बताए । शहीदको बलिदानीबाट प्राप्त यो व्यवस्थालाई सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो ।नगर उपप्रमुख कमला खतिवडा आचार्यले स्वागत गरेको कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत पंकज भूर्तेल, नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नगर सचिव राजु शेर्मा, नेपाली कांग्रेस नगर उपसभापति राजन खड्का, राष्ट्रिय जनमुक्ति पार्टी नगर अध्यक्ष दिलीप राई, राप्रपा संयुक्तका नगर अध्यक्ष विक्रम आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नगरका कर्मचारी सौजन कटुवालले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 118

प्रतिक्रिया (०)

सम्बन्धित खबर