Aamsanchar

मातृभूमी रक्षाको लागि नागरिक जुरमुराए, भारतीय प्रधानमन्त्री मोदीको फोटो दहन गर्दै प्रदर्शन

Author Image
बिहिवार, कार्तिक २१, २०७६

काठमाडौं : भारतले नेपालको भूमिलाई समेटेर नक्सा बनाएपछि त्यसको कञ्चनपुरमा पनि विरोध प्रदर्शन भएको छ। भारतले हालै सार्वजनिक गरेको देशको नक्सामा दार्चुलाको लिम्पियाधुरादेखि लिपुलेकसम्मको भूमिलाई आफ्नो देशको नक्सामा समेटेर संस्थागत रुपमै नेपालको भूमि अतिक्रमण गरेको भन्दै सत्ताधारी युवा–विद्यार्थी संगठनले विरोध प्रदर्शन गरेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरका युवा र विद्यार्थीले बुधबार साँझ कञ्चनपुरको महेन्द्रनगर बजारमा प्रदर्शन गर्दै अतिक्रमित भूमि फिर्ता गर्न माग गरेका छन। उनीहरुले भारतीय विस्तारवाद मूर्दावाद भन्दै नाराबाजीसमेत गरेका थिए। प्रदर्शनकारीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको फोटोसमेत दहन गरेका छन्।

Views: 175

प्रतिक्रिया (०)

सम्बन्धित खबर