Aamsanchar

खबरदारी र दवाव दिने नागरिकको नयाँ शैली

Author Image
बुधवार, कार्तिक २७, २०७६

काठमाडौं । नगरकोट त्यसआसपासका विभिन्न सार्वजनिक स्थान र त्यहाँ चल्ने सवारीहरुमा ठेकेदार शारदाप्रसाद अधिकारीका फोटो टाँसिएका छन्, कतिपय फोटोका माथिल्लो भागमा कुुकुर र बाँदरका तस्वीर समेत जोडिएका छन् ।

दुई वर्षमा निर्माण बनिसक्नुपर्ने भत्केकोपाटी९नगरकोट सडक साढे सात वर्षमा पनि नबनेपछि स्थानीयबासीले ठेकेदार कम्पनी शैलुङ कन्स्ट्रक्सनका सञ्चालक अधिकारीको फोटो सार्वजनिक स्थानमा टाँसेर लेखेका छन्, ‘शारदा अधिकारी ठेकेदार, सडकको कालोपत्र छिटो गर ।’


आन्दोलनमै उत्रिँदा पनि काम नभएपछि उनीहरुले विरोधको नयाँ शैली अपनाएका हुन् । स्थानीयका राजनारायण लामिछाने जति माग राखेर अनुरोध, समन्वय र विरोध गर्दा पनि माग नसुनिएपछि ध्यानाकर्षणका लागि नयाँ शैली प्रयोग गरिएको बताउँछन् ।

यसरी फोटो टाँस्दा गाली व्यक्तिमाथि बेइज्जती हुँदैन रु भन्ने अनलाइनखबरको प्रश्नमा उनले भने,’अपमान गर्न खोजेको हैन, उहाँ पूर्वप्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’को घरबेटीसमेत भन्ने सुनेका छौं, त्यसको इज्जत राख्दै स९सम्मान यहाँ आएर काम होस् भन्ने जनताको मत हो ।’ यसमा नेकपा अध्यक्ष समेत रहेका प्रचण्डले पनि पहल गर्नुपर्ने उनीहरुको माग छ ।

२ सय ५१ सदस्यीय नगरकोट सडक पीडित संघर्ष समिति गठन गरेर सडक छिटो बनाउन माग गर्दै केही समय अघिदेखि स्थानीयबासिन्दा आन्दोलनमा छन् ।

एक्जिम बैंक भारतको सहयोगमा भत्केकोपाटी९खरिपाटी०तेलकोट हुँदै नगरकोटसम्म पुग्ने ४० किलोमिटर सडक दुई वर्षभित्रै सम्पन्न गर्ने जिम्मा शैलुङ कन्सट्रक्सनले पाएको छ । तर, साढे सात वर्ष पुगिसक्दा पनि काम कहिले सकिने भन्ने टुंगो छैन ।

निर्माण व्यवसायीको लापरवाहीका कारण अलपत्र छाडिएको सडकमा खाल्डैखाल्डा छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने हुँदा स्थानीयबासी समस्यामा पर्दै आएका छन् ।

सडकखण्ड अन्तर्गतका नगरकोट, मण्डनदेउपुर, छालिङ, बागेश्वरी, सुडालका स्थानीयहरु सबैभन्दा बढी पीडित छन् । यो सडक समयमै नबन्दा नगरकोट जाने पर्यटक पनि प्रभावित भएका छन् ।

पर्यटन वर्ष९२०२० नजिकिँदै गर्दा समेत सडक निर्माणमा खासै प्रगति नभएपछि स्थानीय बासिन्दाले विभिन्न किसिमका दबावमूलक कार्यक्रम गरिरहेका छन् ।

सडक विभागअन्तर्गत सडक सुधार आयोजनाले कुल २८ करोडको लागतमा विस्तार गर्न लागेको सडकको विस्तारका लागि आयोजनाले ठेक्का लगाएको थियो ।

नगरकोटमा आन्तरिक तथा बाह्य पर्यटकको चापसँगै यातायातका साधनको चाप पनि बढेपछि सडकलाई विस्तार गरी अब ७ मिटर कालोपत्र बनाउन लागिएको हो । तर, ४ पटक म्याद थप्दा पनि काम नभएपछि स्थानीय आक्रोशित भएका हुन् ।

भक्तपुर९नगरकोट जाने सडक साघुारो हुँदै गएको, सडक मिचेर घरटहरा, पसलहरू विस्तार हुँदै गएर अव्यवस्थित भएपछि आयोजनाले मापदण्ड विपरीतको घरटहरा भत्काउँदै सडक विस्तार गर्न सुरू गरिएको थियो ।

Views: 208

प्रतिक्रिया (०)

सम्बन्धित खबर