Aamsanchar

सहाराको २५ औं स्थपना दिवसमा २० भन्दा धेरै विदेशी अतिथि

Author Image
बुधवार, कार्तिक २७, २०७६

चारपाने, कात्तिक २७ । निमुखा वर्गको उथानका विभिन्न कार्यक्रम गर्दै सामाजिक रुपान्तरण र विकासका लागि क्रियाशील सामाजिक संस्था सहारा नेपालले आफ्नो स्थापनाको २५ औं बार्षिकोत्सव बिशेष कार्यक्रम गरेर सम्पन्न गरेको छ ।

झापाको बिर्तामोड–२, चारपानेमा केन्द्रिय कार्यालय रहेको सहारा नेपाल गैर सरकारी संस्थाले स्थापनाको २५ औं दिबसको शन्दर्भमा स्थानीय तहसँगको आफ्नो सहकार्यलाई अझ दिगो बनाएर लैजाने अवधारणा अघी सारेको छ ।

पछिल्लो समयमा विपन्न वर्गलार्ई आवास योजनामा काम गरिरहेको यस संस्था ३६ जिल्लामा कार्यरत छ, संस्थाले बिभिन्न मुलुकबाट आएका बिदेशी सहयोगी संस्थाका प्रतिनिधी, स्थानीय तहका प्रमुख र प्रशाशनीक क्षेत्रका ब्यक्तित्व सम्मिलत भब्य समारोहमा यस्तो अवधारणा राख्दै आगामी दिनमा संस्थालाई सरकारी निकायसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता प्रकट गरेको छ ।

मंगलबार बिर्तामोडमा आयोजित समारोहमा सहाराका अध्यक्ष भरत गिरी, सचिब महेन्द्रकुमार गिरी लगायतले संस्थाले लिएको नीतिका बारेमा प्रकाश पारेका थिए ।

सो कार्यक्रममा बिशेषगरि सहयोगी संस्था ह्याबीट्याट फर ह्युमानिटीका तर्फबाट आएका २० भन्दा बढी बिदेशी पाहूनाहरुको उपस्थिती रहेको थियो भने नगरपालिका र गाउँ पालिकाका प्रमुखहरुको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 54

प्रतिक्रिया (०)

सम्बन्धित खबर