Aamsanchar

कोठा न्यानो बनाएर सुतेका आमाछोराको मृत्यु

Author Image
सोमवार, मंसिर ३०, २०७६

काठमाडौं । जाडोका कारण धेरै मानिसको मृत्यु हुनेगरेको समाचार बर्षेनी हुने गर्दछ । कति न्यानो लुगा लगाउन र ओढन नपाएर मर्ने गरेका छन भने कति जाढोबाट बच्न अन्य उपाए अपनाउदा असावधानीका कारण मृत्यु हुने गरेको छ त्यस्तै दुखद घटना  काठमाडौंको कीर्तिपुरमा घटेको छ ।  कोठा न्यानो बनाउन भन्दै मकल बालेर सुतेका दुई जनाको सुतेकै अवस्थामा मृत्यु भएको छ ।

कीर्तिपुर नगरपालिका-८ सुन्दरबस्तीमा ३६ वर्षीया शर्मिला रञ्जितकार र उनको दुई महिने छोराको मृत्यु भएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी छेदीलाल कामतीले जानकारी दिए ।

अक्सिन अभावका कारण निसास्सिएर मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको उनले बताए । यद्यपि मृत्युको वास्तविक कारण पत्ता लगाउन घटनास्थलमा चिकित्सकको टोली पुगेको छ ।

‘भेन्टिलेसन पनि नभएको साँघुरो कोठामा कोइला बालेर सुतेका रहेछन् बिहान श्रीमानले उठाउँदा उठेनछन्,’ डिएसपी कामतीले भने ।

उनीहरु राति सुत्ने बेलामा तावामा कोइला बालेर सुतेका थिए । आमा(छोरा खाटमा तथा श्रीमान नवराज रञ्जितकार भुइँमै ओछ्यान लगाएर सुतेका थिए ।

बच्चालाई तेल लगाउन भन्दै सोमबार बिहान करिब तीन बजेतिर नवराज उठेर श्रीमतीलाई बोलाउन खोज्दा नबोलेपछि प्रहरीलाई खबर गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 160

प्रतिक्रिया (०)

सम्बन्धित खबर