Aamsanchar

सरकारी जग्गा व्यक्तिको नाममा, घटनामा संलग्न ५ पक्राउ

Author Image
बुधवार, पौष ९, २०७६


झापाको दमक–८ बालुवाटारको ११ बिगाहा सरकारी जग्गा व्यक्तिको नाममा सारेको घटनामा संलग्न ५ जना पक्राउ परेको प्रहरीले जनाएको छ ।

तत्कालीन समयमा नापी कार्यालय, मालपोत कार्यालय दमकमा कार्यरत कर्मचारी तथा केही स्थानीयबासीसमेत पक्राउ परेको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा नापी कार्यालयका सर्वेक्षक विनोद मण्डल, नापी विभागमा कार्यरत नापी अधिकृत स्टलीन भण्डारी, मालपोत कार्यालयका नायव सुब्बा कृष्ण भट्टराई र पथरीशनिश्चरे मोरङका ओम प्रकाश पौडेल र वेदबहादुर पौडेल पक्राउ परेको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका मण्डललाई गत मङ्सिर २० गते दमकबाट, भण्डारीलाई काठमाडौंबाट पुष ४ गते र भट्टराईलाई मङ्सिर २७ गते दमकबाट पक्राउ गरिएको हो । पथरीशनिश्चरेका ओमप्रकाश राई मङ्सिर ९ र वेदबहादुरलाई मङ्सिर २० गते पथरीबाट पक्राउ गरिएको हो । पक्राउ परेका ५ जनालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

घटनामा संलग्न दमक नगरपालिकामा कार्यरत मोहन ओली र दलबहादुर खत्रीसहित अन्य व्यक्तिहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । घटनामा नेकपाका नेता गगन पुरी मुख्य दोषी देखिएका छन् । उनीसमेत हालसम्म फरार रहेको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा बेला–बेला आउने पुरी कहाँ छन् भन्ने कुरा प्रहरीले अहिलेसम्म पत्ता लगाउन सकेको छैन । सामाजिक सञ्जालबाटै प्रहरी प्रशासनलाई चुनौति दिँदै बसेका पुरीलाई उनी अहिले रहेको ठाउँ पत्ता लगाउन र पक्राउ गर्नसमेत प्रहरीले सकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 163

प्रतिक्रिया (०)

सम्बन्धित खबर