इटहरी।
नेपाल सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो समूहका केन्द्रीय सदस्य छत्रपति लामासहित तीन जनालाई विभिन्न अपराधमा सम्लग्न भएको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा लामासहित उनका सहयोगी ऋविनास लिम्बू र कमल दाहाल पक्राउ परेको इलाका प्रहरी कार्यालय इटहरीले जानकारी दिएको छ ।
मानव शरीरमा क्षति पु¥याउने, धम्क्याउने, काटमार गर्नेलगायतको अपराध गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 146