Aamsanchar

राज्यको धन खेरजान नदिन जनप्रतिनिधी भन्दा नागरिक सचेत

Author Image
मङ्गलवार, माघ १४, २०७६

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका ५ मा पर्ने कञ्चनबारी सडक खण्डमा एक महिना अघि सडक बन्न सुरु भएदेखिनै गुणस्तर हिनकाम हुन नदिन स्थानियले पटक पटक दवाव सृजना गर्दै आएका थिए । धुलोबालुवामा अलकत्रा लगाएर रातको समयमा अनुगमन समिति र स्थानिय सरकारलाई झुक्याउने नियतले कमसल तरिकाले पिच गर्न ठेकेदार र कम्पनीका ईन्जिनिय लागि परेको प्रमाण सहित नागरिक समाजले फेला पारेर  पिच गर्न रोक लगाएका थिए ।

सडक निर्माणकार्य रोकिए पछि पुन सरोकार पक्षलाई ठेकेदार, पूर्वाधार विकास र अनुगमन संयोजक र ५ नं. वडाका अध्यक्षलाई रोवहर बनाएर छलफल गराएका थिए, सोही छलफलमा वेस राम्रो बनेको छ विचगर्दा कुनै फरक नपर्ने, यदी केही भईहालेमा तुरुन्त पुन निर्माण गर्ने बचन ठेकेदार कम्पनीका ईञ्जिनियरले दिएपछि कालोपत्रे गर्न स्थानियले अवरोध खोलिदिएका थिए ।

ठेकेदारले कस्तो काम गदैछ भनेर निगरानी गर्न अनुगमन समिति बनाएको हुन्छ, त्यसपछि वडा कार्यालय, नगर पालिका र बजेट लगाउने निकायले निर्माण कस्तो भईरहेको भन्ने बारेमा पूर्ण जानकारी राख्नु पर्ने हुन्छ, सम्झौता अनुसारको काम नभएको खण्डमा काम लगानु पर्ने जिम्मेवारीवाट चुकेको भन्ने प्रस्ट हुन्छ पिच गरेको महिना दिन हुन नपाउदै ठाँउ ठाउँमा उक्किन थालेको दृष्यले, अनि स्थानिय नागरिकले संस्थागत जानकारी र गुनासा सुनाउन अवसर नपाएपछि मंगलबार सार्वजनिक सुनुवाईको आयोजना गरेर सम्वन्धित पक्षलाई प्रस्न गरेका छन ।

नागरिकको प्रस्नको अवाफमा पूर्ण तयारी नभईकन गरिएको कालोपत्रेमा त्रुटि भएको ठेकेदार कम्पनीका प्रतिनिधीले स्वीकार गरेका छन । कालोपत्रे गरिएको महिना दिन नबित्दै खाल्डो पर्न थालेपछि स्थानीय अहिले आक्रोसित बनेका छन । अर्जुनधाराको चारपाने–नारायणचोक सडक खण्डको उत्तरपट्टि कञ्चनबारी पर्छ । तर, कञ्चनबारी स्कुलदेखि उत्तरपट्टि कुशल चौकतर्फ बनेको कालोपत्र सडक बनिनसक्दै भत्किन थालेपछि स्थानीयबासीले आपत्ति जनाएका हुन् । सप्तरीको शाह इन्जिनियरिङ कन्ट्रक्सनले आउँदो असार मसान्तसम्मा काम सक्नेगरी ग्रामीण सडक सुधार पहुँच योजना (¥याप ३) अन्तर्गत पाँच करोड रुपैयाँमा ठेक्का पाएको थियो ।

मंगलबार कञ्चनबारी स्कुलमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा ठेकेदार कम्पनीले केही त्रुटि भएको स्वीकार गरेको छ । कम्पनीका इन्जिनियर प्रविण देवले जाडो मौसममा काम गर्दा केही समस्या आएको स्वीकार्दै रिपेयरिङ गर्ने बताए । उनले भने, ‘चिसो मौसममा तापक्रम नपुगेपछि केही ठाउँमा समस्या आएको हो ।’ समस्या देखिएका ठाउँमा निर्माण सामग्रीको मात्रा बढाएर काम गर्ने उनको भनाइ छ ।

जिल्ला पूर्वाधार विकास कार्यालय झापाका प्राविधिक किरण विष्टले बेसकै कारणले कालोपत्रे नभत्किएको दाबी गरे । इस्टिमेटअनुसार काम भएको बताएका उनले इस्टिमेटकै पिच नभत्किएको पनि सुनाए । कस्तो किसिमको त्रुटि भएको हो भन्नलाई विशेषज्ञ टोलीको अनुसन्धानपछि थाहाँ हुने भएकाले त्यही अनुसारको काम सच्याउने पनि उनले बताए । कालोपत्रे सडकको जग बलियो नभएको खण्डमा पूरै सडक भत्काएर बनाउनुपर्ने पनि सुझाए ।

काम पूरा भइनसकेका कारण ठेकेदार कम्पनीलाई भुक्तानी दिन बाँकी रहेको बताउँदै उनले समस्या समाधान भएपछि मात्र भुक्तानी दिने कार्यालयको नियम रहेको पनि सुनाए । अर्जुनधारा ५ को १ नम्बर टोल विकास संस्थाले आयोजना गरेको सार्वजनिक सुनुवाईमा बोल्दै अध्यक्ष छविलाल सिवाकोटीले उत्तरपट्टिको करिब ८ सय मिटर कालोपत्रे सडकमा समस्या देखा परेको बताए । एक महिना नबित्दै कालोपत्रे उक्किन थालेपछि सडक सम्म अवरोध गरे पनि सरोकारवालाबाट कुनै सुनुवाई हुन नसकेको उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका मेयर हरिकुमार रानाले प्राविधिक कार्यालयको प्रमुखको सरुवा हुने क्रम नरोकिएपछि उचित अनुगमन नहुँदा संक्रमणका कारण पनि मापदण्ड बमोजिमको सडक बन्न नसकेको हुनसक्ने बताए । ठेकेदार कम्पनीले इमान्दार पूर्वक जनताको काम गर्नुपर्छ भन्ने मानसिकतामा परिवर्तन ल्याउन जरुरी रहेको भन्दै उनले चैतमा गरिनुपर्ने काम चिसो मौसममा गरिदाको परिणामले कालोपत्रे उक्किएको उनको भनाइ थियो ।

स्थानीयबासी अमरदीप भेट्वालले ठाउँ ठाउँमा टालेर जनताको आँखामा छारो हाल्ने काम नगर्न भन्दै दोहो¥याएर बाटो बनाउनुपर्ने धारणा राखे । त्यस्तै, मदनकुमार सिवाकोटीले सडक निर्माणमा स्थानीयले चासो राख्दा छुच्चो भएको तितो अनुभव सुनाए । कार्यक्रममा सरोकारवालाको तर्फबाट ५ नम्बर वडाध्यक्ष ध्यानबहादुर भारती, नेका नगर सभापति हेमराज खरेल, पार्वती तामाङ, नारायण पौडेल, शंकर सुवेदी, कुन्दन भट्टराई, पत्रकार कुमार भट्टराई, विनोद पाण्डेलगायतले सडकको गुणस्तरमा सम्झौता गर्न नहुने धारणा राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 230

प्रतिक्रिया (०)

सम्बन्धित खबर