Aamsanchar

कपडाका झोला निर्माण तथा प्लाष्टिक ब्यबस्थापन सम्बन्धि १० दिने तालिम शुरु

Author Image
बुधवार, माघ २२, २०७६

अर्जुनधारा । अर्जुनधारा नगरपालिकामा रहेको जलेश्वर सामुदायिक सिकाई केन्द्रको आयोजनामा कपडाका झोला निर्माण तथा प्लाष्टिक ब्यबस्थापन सम्बन्धि १० दिने तालिम शुरु भएको छ ।
अर्जुनधारा जलेश्वरधामको सभाहलमा आयोजित तालिममा नगरक्षेत्रका २२ जना महिलाको सहभागिता रहेको छ । तालिममा लीला मिश्रले सहजिकरण गरिरहेकी छन् ।

महिलाद्वारा निर्मित झोला अर्जुनधारा र बिर्तामोडका बजारमा बिक्री हुदै आएको केन्द्रका सदस्य सचिव निशा गौतमले बताईन । झोला निर्माणका लागि केन्द्रले आयोजना गरेको यो तालिम दोस्रो पटक हो ।
गतबर्षको माघमा आयोजना गरिएको तालिमपछि सहभागि महिलाले झोला उत्पादन गरेर आत्मनिर्भर भइरहेको जानकारी गौतमले दिईन । उनीहरुले उत्पादन गरेका कपडाका झोला केन्द्रले आफै खरिद गर्दै आएको छ । केन्द्रले बिर्तामोड र अर्जुनधाराका डिपार्टमेन्टल स्टोर्सलाई उत्पादन बिक्री गर्दै आएको बताईएको छ ।

प्लाष्ट्रिकको प्रयोगले पर्याबरण सन्तुलनमा असर पुर्याउने भएकाले वाताबरणमैत्री पुन प्रयोग हुने कपडाको झोला उत्पादनमा लागेको केन्द्रकी अध्यक्ष पुनम सुवेदीले बताईन् । उनले हरेक दिन प्लाष्ट्रिकको प्रयोग गरिदा मानब स्वास्थ्यमा प्रतिकुल असर पर्ने हुदा कपडाको झोला उत्पादन गर्नका लागि तालिम प्रदान गरिएको बताईन् । अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा शुरु भएको तालिममा झोला, एप्रोन र थैली उत्पादन भइरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर