Aamsanchar

भारतले नेपाल संग जोडिएका साना नाका मात्र बन्द गर्ने, उपभोग्य वस्तुको अभाव हुन नदिने

Author Image
बिहिवार, फागुन २९, २०७६

प्रतिकात्मक तस्वीर

नयाँदिल्ली : कोरोना भाईसरको कारण नेपालमा भारतले नाकाबन्धी गर्ने दैनिक उपभोग्य बस्तु अभावहुने भन्दै अनाआवसेक हल्ला चलिरहेको अवस्थामा हल्ला चलेअनुसार भारतले आयात निर्यात ठप्प नपार्ने सुचना गरेको छ । भारत सरकारले कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि नेपालसँगका केही प्रमुख नाकाहरुबाहेक अन्य नाकाहरु बन्द गर्ने संकेत गरेको छ । बुधबार भारतको स्वास्थ्य मन्त्रालयद्वारा जारी सूचनामा नेपालसँग जोडिएका नाकाहरुमा कडाइ गर्ने संकेत गरेको हो ।

स्थलमार्ग हुँदै आउने विदेशीहरुको आवागमनलाई पर्याप्त स्वास्थ्य परीक्षण सुविधा भएका तोकिएका अध्यागमन जाँच चौकीसहितका नाकाहरु सीमित गरिनेछ,’ उक्त सूचनामा भनिएको छ । सूचनामा भनिए जस्तो पर्याप्त स्वास्थ्य परीक्षण सुविधा केही ठूला नाकाहरुमा मात्र उपलब्ध भएको हुँदा अन्य साना नाकाहरु बन्द गर्ने सम्भावना रहेको जनाईएको छ । यससम्बन्धमा भारतको गृह मन्त्रालयले  थप निर्णय लिने भनिएको छ ।

दिल्लीस्थित नेपाली दूतावासका एक उच्च अधिकारीले भारतीय पक्षबाट औपचारिक जानकारी नभए पनि बुधबारको सूचनामा सीमित नाकाहरु खोल्ने संकेत गरेको जनाए । ‘आपूर्ति व्यवस्था अवरुद्ध नहुने गरी ठूला नाकाहरु मात्र खुला राख्ने गरी निर्णय हुने सम्भावना छ,’ ती अधिकारीले भने । यदि साना नाकाहरु बन्द गर्ने निर्णय गरिएकोमा त्यसबाट रोजगारीलगायतका विभिन्न प्रयोजनका लागि भारत आउने नेपालीहरु प्रभावित हुनेछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर