काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलिन नदिन सतर्कता अपनाउँदै सरकारले चैत महिनाभर विश्वविद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवारको बैठकले पठनपाठन रोक्ने निर्णय गरेको हो ।
समितिको आठौं बैठकको निर्णयमा बाल विकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालय र विश्वविद्यालयहरूका पठनपाठन २०७६ चैत मसान्तसम्मका लागि बन्द गर्ने उल्लेख छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 246