Aamsanchar

कनकाई नगरलाई निजी तथा सामाजिक क्षेत्रको साथ

Author Image
शनिवार, चैत २२, २०७६

कनकाई नगरपालिकाले कोरोना महामारीबाट आफ्ना नगरपालिकाका नागरिकलाई सहयोग गर्न बनाएको कोरोना भाईसर संक्रमण रोकथाम तथा व्यवस्थापन राहत कोषमा   सुरुङ्गा जेसिजले पनि  ५१ हजार रुपैँया सहयोग गरेको छ ।
जेसीजका अध्यक्ष त्रिलोचन उप्रेती र पुर्वअध्यक्ष जविन तिम्सिना लगायातको टिमले उक्त रकम कनकाई नगरको विपत कोषमा जम्मा गराएका छन ।

जेसीज जस्तै अरु  स्थानिय संघ संस्थाहरु पनि नगरपालिकोको कोषमा सहयोग रकम थप गर्नेकाम धमाधाम  गरिरहेका छन । रकम जम्मा गर्ने  दाता संस्थाहरुमा चम्पा फलावर्स इङलिस एकाडेमीबाट  १५ हजार  ह्याप्पी लैण्ड फनर्पाकले  २ लाख रुपैँया, कनकाई उद्योग बाणिज्य संघले ७५ हजार रुपैँया, कनकाई नगरपालिका ३ निवासी दुर्गाप्रसाद उप्रेतीले २५ हजार रुपैँया, रोटरी क्लव कनकाई सुरुङ्गाले १ लाख १ हजार रुपैँया, राहत कोषमा सुरुङ्गा घरभई हाल हङ्गकङ्ग निवासी रभि श्रेष्ठले १ लाख २३ हजार र नेकपा कनकाई नगर कमिटीद्धारा ५१ हजार रुपैँया प्रदान गरिसकेको छ भने कनकाई नगरपालिकाका सम्पूर्ण जनप्रतिनिधिले एक महिनाको तलव र कर्मचारीबाट समेत सहयोग रकम जुटाएर कम्तीमा ३५ लाख रुपैँयाबाट सुरु  कोरोना विपत कोष स्थापना गरिएको कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिए ।

कनकाई नगरपालिकाका गरिब तथा अतिकम आय भएका परिवारलाई खाद्यान्न वितरण गरिने हुँदा  महाविपत्तीमा  सहयोग पुर्याउन नगरपालिकाले सम्पुर्ण संघ संस्था, उद्योगी व्यापारी व्यावसायी स्वदेश तथा विदेशमा रहनुहुने नेपाली दाजुभाई दिदिबहिनीसमक्ष अनुरोध समेत गरेको छ  बताए ।

नगरपालिकाले कनकाई नगरपालिकाभित्र दुर्गापुरको दलित भवन र सुरुङ्गा अतिथि सदनमा दुई स्थानमा ४० बेड क्षमताको क्वारेन्टाइन स्थापना गरि त्यहाँ रहेका नागरिकलाई निशुल्क खाना, बस्न, औषधि उपचार र फ्रि वाईफाईको समेत प्रबन्ध गरेको छ ।नगरपालिकाले नगरभित्र रहेका ९ बटै वार्डका अत्यन्तै गरिब मजदुर र कम आय भएका नागरिकको तथ्याङ्ग संकलन गरि उनीहरुलाई कम्तीमा १५ दिन खान पुग्ने चामल, तेल , नुन र साबुन पर्सी बिहीवारबाट वितरण गर्न  सुरु गरिसकेको   छ ।

Views: 295

प्रतिक्रिया (०)