बिर्तामोड । आज लकडाउनको १२ दिन पुग्दा विभिन्न ठाउँमा विपन्न वर्गमा खाद्यय संकट आईपरेको समाचारहरु आईरहेको बेला महिलाहरु मात्र आवद्ध भएको लायन्स क्लव अफ बिर्तामोड लेडी र लियो क्लव अफ बिर्तामोड लेडीलेले संयुक्तरुपमा राहत सामाग्री बितरण गरेका छन ।
बिर्तामोड नगरपालिका वडा नम्बर १० स्थित तेलकानीमा रहेका ३६ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको लायन्स क्लवकी उर्मिला खरेलले जानकारी दिईन ।
दैनिक ज्याला मजदुरीबाट आफ्नो जिविको पार्जन गर्दै आएका हरुकोलाई दुई छाक टार्न यतिवेला हम्मे भएको छ । काम गर्न जाउँ लकडाउन छ । घरै बसौं खानेकुरा छैनको अबस्थामा दुई संस्थाले एक परिवार बराबर १० किलो चामल, दई किलो दाल, एक लिटर खानेतेल, एक किलो नुन उपलब्ध गराएको खरेलले जानकारी दिईन ।

Views: 183




