
काठमाडौं । सरकारले क्वारिन्टाइन तथा राहात वितरणको वर्तमान मापदण्ड परिमार्जन गर्ने निर्णय गरेको छ । आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय उच्चस्तरीय समितिको बैठकले यस्तो निर्णय हो ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायण बिडारीले भने, ुअहिले निर्धारण गरेको क्वारेन्टाइमा मापदण्ड र राहत वितरणको मापदण्डलाई केही परिर्माजन गर्नुपर्ने देखिएकोले वर्कआउट गरेर परिमार्जन गरिने निर्णय गरिएको छ ।
यस्तै कोरोनाविरुद्धको अभियानमा ग्रामीण स्वास्थ्य स्वयंसेविका परिचालन गर्ने निर्णय भएको उनले जानकारी दिए ।

विडारीका अनुसार देशैभर ५० हजार स्वयंसेविका परिचालन गर्ने निर्णय भएको छ । उनीहरुको पारिश्रमिक र बीमा व्यवस्था पनि गरिने उनले बताए ।

Views: 189


