बिर्तामोड । झापाको बिर्तामोडमा लकडाउन उलंघन गर्न खोज्ने ७० भन्दा धेरै चालक मोटरसाईकललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विभिन्न बहाना बनाएर दवाईका खोल बोकेर सडकमा निकालिएका मोटरसाईकल र चालकहरुलाई जिल्ला ट्राफिक कार्यालय बिर्तामोड र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएका प्रहरीले नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा लिईएका केही अतिजरुरी काममा निस्केको प्रमाणित भएका व्यक्तीले प्रयोग गरेको सवारी लाई प्रहरीले तत्काल ससम्मान छोडी दिएको थियो ।
हिजोको भन्दा आज बेलुकापख सडकमा निस्कनेको संख्या बढेको पाईएकोले भोली देखि अझ कडा गर्ने र दिउसो अतिआवसेक नभईकन सडकमा निस्कनेलाई सडकमै फलामको औजारले समाएर २ घण्टा सम्म सडकमै सुरक्षित रुपमा राखेर लकडाउनको बारेमा चेनातामुलक जाकारी दिईने ईलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख मुकुन्दप्रसाद रिजालले बताए ।
नियन्त्रणमा परेका सबारीको कागजपत्र चेकजाज र अन्य सोधपुछका क्रममा वास्तविक अतिआवसेक परेर हिडेकालाई छोडिएको र अरुलाई आगजपत्र ट्राफिक प्रहरी कार्यालयमा राखेर भोली देखि यस्तो गल्ती नर्गन चेतावनी दिएर साँझ ७ बजे प्रहरीले छोडी दिएको छ । उनिहरुको कागजत लकडाउन पछि लिन आउन पनि भनेको जिल्ला ट्राफिक प्ररही कार्यालयका प्रमुख प्रकाश राईले जानकारी दिए ।