Aamsanchar

लकडाउन तत्काल हट्दैन, छुट्टै संयन्त्र चाहिँदैन : प्रधानमन्त्री ओली

Author Image
शनिवार, चैत २९, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस महामारीविरुद्ध लड्न सरकारभन्दा भिन्न संयन्त्र आवश्यक नरहेको प्रष्ट पारेका छन् ।

सात प्रदेशका मुख्यमन्त्रीहरुसँग शनिबार भएको भिडियो कन्फरेन्सका क्रममा प्रधानमन्त्री ओलीले सरकारले प्रभावकारी र सफल रूपमा काम गरिरहेको बताए । दुष्प्रचार गर्नेहरूबाट प्रभावित नहुन भन्दै उनले भने, ‘१५ दिन घरमा बस्दै बीचबीचमा निर्देशन दिएजस्तो गर्ने कुनै संयन्त्र आवश्यकता छैन ।’

कुराकानीका क्रममा उनले लकडाउन तत्काल अन्त्य नहुने समेत बताएका छन् । संक्रमण फैलिन नदिन सबै सचेत हुनु पर्ने भन्दै उनले भारतमा संक्रमण फैलिने क्रम बढिरहेको देख्दादेख्दै लकडाउन खुला गर्ने निर्णय हुन नसक्ने बताए ।

भिडियो कन्फरेन्सका क्रममा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले आआफ्नो प्रदेशमा कोरोना भाइरस नियन्त्रण, रोकथाम र उपचारको क्रममा गरिएका प्रयासहरुको जानकारी गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

Views: 239

प्रतिक्रिया (०)

सम्बन्धित खबर