वाह् सरकार जिउँदो हुँदा मास्क र पञ्जा दिन नसक्ने मरेपछि २५ लाख र ५० लाखको कुरा गछौं । विश्व नै कोभिड– १९ अर्थात् कोरोना भाइरसले त्राहिमाम छ । विश्वभर १७ लाखभन्दा धेरै मानिस कोरोना भाइरबाट संक्रमित छन् भने एक लाखभन्दा धेरै मानिसले ज्यान गुमाइसकेका छन् ।
नेपाल पनि कोरोनाको संक्रमणबाट अछुतो छैन् । अहिलेसम्म ९ जनामा संक्रमण देखिएको छ । कोरोनाको संक्रमणबाट जोगिनका लागि नेपाल सरकारले देशैभरि लकडाउन गरेको अवस्था छ । लकडाउनको अवस्थामा देशभरका मानिसहरू आफ्नै घरमा सुरक्षित बसेका छन् तर प्रहरी भने अहिले सडकमा छ । राज्यको हरेक क्षेत्रमा सबैभन्दा पहिले पुग्ने प्रहरीले अहिले असुरक्षित महशुस गरिरहेका छन् । राज्य कोषमा अरबौं रुपैंया जम्मा भइसकेको छ । यो अवस्थामा हरेक प्रहरीको साथमा मास्क, पञ्जा र सेनिटाइजर हुनुपर्ने । संकास्पद विरामीको उद्धारमा खटिने प्रहरीलाई पिपिईको ब्यवस्था समेत गर्नु पर्ने हो सरकारले । तर, प्रदेश सरकार र संघिय सरकार मरिस भने यति लाख दिन्छु भन्दै घोषणा गरेर कुम्भकर्ण निन्द्रामा निदाई रहेको छ ।
सरकारले दिएको पैसा फिर्ता दिन्छु पैसा होइन मलाई मान्छे देउ भन्दा जवाफ छ । रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु उत्तम हो भने झैं मरेपछि यति दिन्छु भन्नुभन्दा मर्नै नदिनु उत्तम होइन र सरकार ? दिनरात सडकमा खट्ने राष्ट्र सेवक प्रहरीको सुरक्षामा ध्यान दिनुको सट्टा यो महामारीमा पनि राजनीतिक दाउ हेर्नु कतिको नैतिकवान हो ?
लकडाउनको कार्यान्वयन गराउन र आमनागरिकको सुरक्षाका लागि खटिएको नेपाल प्रहरी केरोना भाइरसको संक्रमणबाट कति सुरक्षित छ त ? प्रहरीले सुरक्षाको के कस्ता विधिहरू अपनाएको छ ? यो आमचासोको विषय हो । सडकमा उभिने अधिकांश प्रहरीले समान्य खालको मास्क प्रयोग गरिरहेको देखिन्छ । स्यानिटाइजर र साबुन पानीले हात धुने खालका सेफ्टीहरू कतिपय चोकमा उपलब्ध भएपनि सबै ठाउँमा भने छैन । बारम्बार हात धुन भ्याउदैन प्रहरी उ कतिबेला के हुन्छ भनेर तैनाथ अवस्थामा हुन्छ । भोली संक्रमण फैलिएर महामारीको रुपमा लिएमा सबै दुलो पस्छन् । त्यो बेला खट्ने भनेको प्रहरी नै हो । त्यसैले प्रहरीको स्वास्थ्य सुरक्षाको विषयमा राज्यका जिम्मेवार निकाय किन मौन छन् । जनताले जवाफ खोजि रहेका छन् ।
दिनभर ड्यूटीमा खटिएको प्रहरीलाई बेलुकी आफ्नो ब्यारेकमा धेरै जवानहरूसँग एउटै कोठामा सुत्नुपर्ने बाध्यता छ । यसले यदि कोही प्रहरीलाई कोरोनाको संक्रमण भएको खण्डमा अरू जोगिने देखिँदैन । ड्यूटीमा खटिएर आएका प्रहरी कर्मचारीले आफ्नो ब्यारेकमा बेलुका सुत्न आउँदा राम्रोसँग साबुन पानीले हात धुन र स्यानिटाइजरको प्रयोग बाहेक अन्य कुनै पनि खालको सुरक्षा प्रविधि नभएको प्रहरी स्रोतले जनाएको छ ।
मरेपछि लाखौं दिन्छु भन्ने सरकारले जिउँदो हुदाँ त्यसको सुरक्षामा ध्यान कहिले दिने ? ड्यूटीमा खटिएका प्रहरीलाई अहिले मास्क र स्यानिटाइजरको व्यवस्था कहाँबाट गर्ने भन्ने चिन्ता छ । दिनमा १४–१५ घण्टा ड्यूटीमा खटिनुपर्ने भएकाले मास्क र स्यानिटाइजरको व्यवस्था गर्न समस्या भएको छ तर, सरकार प्रहरीको विषयमा एक शब्द बोल्न चाहेको छैन् । प्रधानमन्त्री ज्यू प्रहरीमा सहायद धनी वर्गमा छोराहरु छैनन् । यहाँ त मध्यम र गरिब परिवाकरकै छोराछोरीले राज्यको सेवा गरेको देखिन्छ ।
धनीका छोरीछोरी अष्ट्रेलिया र अमेरिका होलान् । यहाँ जनताको सुरक्षा गर्ने, सिमाको सुरक्षा गर्ने, अपराध रोक्ने र दैविक प्रकोपमा समेत सहारा बन्ने भनेकै प्रहरी हो । अनि राज्यले सेवासुविधामा दोब्बर वृद्धि गरेर दिनरात सडकमा खट्ने प्रहरीको मनोबल उच्च राख्ने विषयमा किन कञ्जुस्याई गरिरहेको छ जवाफ भए प्रतिक्षामा छु ?
जोखिम मोलेर फिल्डमा खटिने प्रहरीलाई राज्यले यस्तो संक्रमणको समयमा सुरक्षाका सामाग्रीहरू उपलब्ध गराउनुपर्ने दायित्व होइन् र ? सीमित स्रोत र साधनमा जोखिम मोलेर नागरिकहरूलाई सुरक्षा दिइरहेका प्रहरीलाई नागरिकले भने उच्च सम्मान गरिरहेका छन् । यो बन्द हड्ताल जस्तो होइन बिल्कुलै नयाँ र प्राकृतिक महामारी भएकाले प्रहरीले जोखिममै मोलेर काम गरिरहेका छन् । यो संकटको बेला जनताले पनि प्रहरीलाई साथ दिन जरुरी छ । यदि कोही प्रहरी कर्मचारीलाई कोरोनाको संक्रमण भइहालेको खण्डमा उनीहरूलाई कहाँ आइसोलेसनमा राख्ने भन्ने पनि राम्रो व्यवस्था छैन । नेपाल प्रहरी अस्पतालमा १० वटा आइसोलेसन बेड भएतापनि यो पर्याप्त होइन ।
कोरोना भाइरसको माहामरी फैलिरहेको अवस्थामा आमनागरिकलाई सुरक्षा दिने प्रहरी कर्मचारीलाई आवश्यक सुरक्षा सामाग्री उपलब्ध गराउनु सरकारको पनि दायित्व हो । आफ्नो घरपरिवार भन्दा राष्ट्रलाई उच्च स्थानमा राखेर सधैं जनताको सेवामा उत्रने प्रहरीको मनोबल गिराउने कुनैपनि गतिविधि यो बेला गर्नु उचित हुन्न ।
सरकारले जनताको जिउँधनको सुरक्षा गर्ने प्रहरीलाई विशेष सुविधा दिन जरुरी छ । यस्तो नभए प्रहरीमा जागिरप्रति वितृष्णा जाग्ने निश्चित छ । । राहतकोषमा अरबौ जम्मा भई सक्यो सबैलाइ भोकले मर्ने चिन्ता मात्र छ । सबै थरी थरीका परिकार बनाउदै खाँदै बसेका छन । सबैलाइ दशै आएको छ तर भोलि एक जना मान्छे कोरोनाको कारण मृत्युभयो भने सब लुक्छ्न । त्यसबेला फिल्डमा खट्ने भनेको प्रहरी नै हो । मरेपछि जति नै सुबिधा दिए नि के गर्नु त्यो सम्पत्ति । परिवारलाई मरेपछिको सुबिधा होइन् । जिउँदो आफ्नो मान्छे भए पुग्छ । यसको लागि बाँच्ने आधार तयार हुनु पर्दछ । दिनरात खट्न प्रहरी तयार छ । सरकार जिउँदो मान्छेको मोल तोकेर दुनियाँ नहँसाउ यो महामारीमा प्रहरीलाई स्वास्थ्य सुरक्षाका सामग्री देऊ ।
हुने खानेहरु मस्त होम क्वारेन्टाइनमा होलान् । हुँदा खानेहरु सरकारी राहतको प्रतिक्षमा होलान् । सबैका आ–आफ्नै कथा र ब्यथा होलान् । एक प्रहरी जावनकी श्रीमती उनलाई खान र लगाउनको चिन्ता भन्दा पनि आफ्नो श्रीमानको स्वास्थ्यको चिन्ता धेरै छ । घरपरिवार दिनरात सडकमा खटिने छोरोको स्वास्थ्यको चिन्ता गरिरहेको छ । प्रहरी संकगठन भने आफ्नै तलब काटेर कोषमा रमक जम्मा गरिरहेको छ । तर, स्वास्थ्य सुरक्षाको विषयमा बोली फुटेको छैन् । सरकार अब त आँखा खोल, कान सफा गरेर सुन यदि अलिकति ढिला भयो भने भयावह अवस्था आउन सक्छन् । जस्तो सुकै परिस्थिती आए पनि सामना गर्ने हिम्मत बोकेका प्रहरीलाई सलाम गदर्छु । आफ्नो स्वास्थ्यको ख्याल गर्दै निरन्तर जनताको सेवामा खट्नुहोला एकदिन यो सेवाको पनि उच्च मुल्याङ्कन हुने छ । सकारले पनि प्रहरीको सुरक्षमा पक्कै ध्यान दिनेछ ।