Aamsanchar

लकडाउनमा फसेकालाई मेचीनगर बाट बिदा गरियो

Author Image
सोमवार, वैशाख १, २०७७

लामो लकडाउनका कारण काँकडभिट्टामा अलपत्र परेका  नेपालीलाई सोमबार आआफ्नो घर पठाइएको छ । इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजेन्द्र पोखरेलका अनुसार स्थानीय सरकारसँगको सहकार्यमा दुइटा बसमार्फत उनीहरुलाई घर पठाइएको हो । ३४ जना यात्री बोकेको बस काठमाडौं तर्फ गएको छ । ३६ जना चढेको बस धनगढी पठाइएको छ ।

कांकडभिट्टका विभिन्न गेष्ट हाउसमा र मेचीनगरको क्वारेन्टाइनमा बसेर १४ विश्व स्वास्थ्य संगठनले तोकिएका सिमा समय र आधारभूत स्वास्थ्य जाँच भएका यात्रुहरुलाई पठाइएको प्रहरीले जनाएको छ । लकडाउनका कारण नुवाकोट, धादिङ तथा सुदूर पश्चिमका बाजुरा, बझाङ, जुम्ला, हुम्लाका नेपाली सीमा सहरमा अलपत्र थिए ।

झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले गृह मन्त्रालयको समन्वयमा अलपत्रहरुलाई सम्बन्धित जिल्ला पठाइएको जानकारी दिए । ुलामो समयदेखि अलपत्र भएर बेखर्ची बनेका हरुले आआफ्नो परिचय प्रमाण पत्र राखेर होटल गेष्ट हाउसलाई लबडाउन पनि आफूले बसेके खाएको दिर्ने गरी जान दिएको एक होटल व्यवसायीले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 456

प्रतिक्रिया (०)

सम्बन्धित खबर