Aamsanchar

समाचार लेखेको निहुँमा पत्रकार सिंहमाथि आक्रमण

Author Image
बुधवार, भदौ २९, २०७३

महेन्द्रनगर ।download

समाचार लेखेको निहुँमा धनुषाका एक पत्रकारलाई एक समूहले निर्घात कुटपिट गर्नुको साथै अपहरणको प्रयास गरेका छन् ।

न्यूज २४ टिभी, अनलाइन खबर र आर्थिक अभियान राष्ट्रिय दैनिकका धनुषा संवाददाता राजकमल सिंहलाई धनुषा–१ का काँग्रेस सभापति नवीन गोहिवारसमेत रहेको समूहले बुधबार बिहान जनकपुरको भानु चोकमा कुटपिट गर्दै अपहरण गर्ने प्रयास गरेका हुन् ।

आफ्नो राजनीतिक छवि धमिलिने गरी समाचार लेखेको भन्दै गोहीबारलगायत उनीसँगै गाडीमा आएका सात÷आठजनाको समूहले आफूलाई अपहरण गर्न खोजेका र त्यसको प्रतिकार गर्दा ढुङ्गा र मुक्काले कुटपिट गरेको पीडित पत्रकार सिंहले बताएका छन् ।

पत्रकार सिंहमाथि आक्रमण गर्ने पाँच जनालाई धनुषा प्रहरीले तत्कालै पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनुषा क्षेत्र नं. १ काँग्रेस सभापति गोठकोयलपुर–२ का ३० वर्षीय नवीन गोहिवार, सोही गाविसका २५ वर्षीय राजदेव गोहिवार, विषरभोरा–९ का २५ वर्षीय पुष्पेन्द्र गोइत र धनौजी–८ का ३० वर्षीय सञ्जीवकुमार मण्डललगायत छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाले उनीहरूमाथि सार्वजनिक अपराधमा मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरेको छ ।
घटनामा संलग्न दोषीलाई कानुनको दायरामा ल्याएर कडा कारबाही गर्न माग गर्दै जनकपुरस्थित पत्रकार महासङ्घ धनुषा शाखा, प्रेस सेन्टर, प्रेस चौतारीलगायत पत्रकारहरूको सङ्घ सङ्गठनले घटनाको भत्र्सना गरेका छन् ।

Views: 156

प्रतिक्रिया (०)