अर्जुनधारा । अन्तराष्ट्रिय झपाली समाजले झापाका विभिन्न स्थानीय तहलाई कोरोना संक्रमितको परिक्षणका लागि आवश्यक पर्ने भिटिएम किट उपलब्ध गराएको छ । समाजका पदाधिकारीको टोलीले अर्जुनधारासहित कनकाई ,विर्तामोड नगरपालिका र हल्दिवारी गाउँपालिकालाई एक एक सय किट उपलव्ध गराएको हो ।
झापाली समाजले नगरपालिकामा थ्रोट स्वाब संकलनमा आवश्यक पर्ने भाइरल ट्रान्सपोर्ट मिडियम भिटिएम किट उपलब्ध गराएको थियो । समाजले झापाका १५ वटै स्थानीय तहलाई एक एक सय किट उपलव्ध गराउने बताईएको छ।
विपद्को यो क्षणमा विभिन्न मुलुकमा रहेका नेपाली दाजुभाईहरुले नेपाललाई सम्झिएर किट उपलव्ध गराउनु आफैंमा राम्रो भएको भन्दै अर्जुनधारा नगरप्रमुख हरिकुमार रानाले भने, अहिलेको यो अवस्थामा आफू बाँचिन्छ कि मरिन्छ भन्ने अवस्थामा अरुलाई रोगमुक्त बनाउन थालिएको अभियान पशंसनीय छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 255