Aamsanchar

जंगली हात्तीको आक्रमणमा दुईको मृत्यु

Author Image
शुक्रवार, भदौ ३१, २०७३

गुलरियाः

wild-elephants

जंगली हात्तीको आक्रमणमा परी दुई जनाको मृत्यु भएको छ। गएराति बर्दियाको सूर्यपटुवा–४ डल्ला गाउँमा हात्तीको आक्रमणमा परीे ढोढरी–१ पठरवोजीका युवराज थारूको मृत्यु भएको हो।

स्कुलबाट पढेर घर फर्कने क्रममा थारुलाई जङ्गली हात्तीले आक्रमणमा गरेको थियो। आक्रमणमा परी गम्भीर घाइते भएका उनको कोहलपुर मेडिकल कलेज नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको राष्ट्रिय निकुञ्जका संरक्षण प्रमुख रमेश थापाले जानकारी दिए।

यस्तै गएराति नै सूर्यपटुवा–४ डल्लामा पिसाब फेर्ने क्रममा जंगली हात्तीले आक्रमण गर्दा स्थानीय ७२ वर्षीय पुरुवा थारूको मृत्यु भएको छ। पिसाब फेर्न मचानबाट ओर्लिने क्रममा परुवालाई जङ्गली हात्तीले आक्रमण गरेको थियो।

आक्रमणबाट घाइते भएका उनको उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी गर्न लैैजाने क्रममा राति नै बाटोमा मृत्यु भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)