Aamsanchar

क्षेत्र एक संगठन अनेक हुन दिएनन मेचीनगरका पत्रकारले

Author Image
शनिवार, असार १३, २०७७

मेचीनगर । एकतामा बलहुन्छ भन्ने मान्यता छ । सोही मान्यतालाई अंघिकार गर्दै नेपालमा कयौं वित्तिय क्षेत्र देखि फकर फरक नाममा खोलिएका बिद्यालय र  पेशागत संगठनहरु धमाधम एकिकृत  प्रक्रियामा गईरहेको  अवस्थामा एउटै उदेश्यमा रहेर काम गर्दै आएको मेचीनगरमा सञ्चालित दुईवटा संस्था मेची बोर्डर जर्नानिस्ट एसोसिएसन नेपाल र प्रेस क्लब मेचीनगरलाई एउटा साझा संस्था बनाउने सहमति भएको छ ।

आज काँकरभिट्टा खानेपानी संस्थाको कार्यालयमा भएको एकीकरण सभामा नयाँ पुस्ताका पत्रकारलाई समेट्दै प्रेस क्लब मेचीनगर बनाउने ऐतिहासिक सहमति भएको हो । एकीकरणपछि अब मेचीनगरमा क्रियाशील पत्रकार अट्ने गरीको साझा संस्था बनाउने र तीन महिनाभित्र अधिवेशन गर्ने निर्णय भएको छ ।

आगामी असोज १३ गतेभित्र अधिवेशन सम्पन्न गर्न मेची बोर्डर एसोसिएसनका तत्कालीन अध्यक्ष मुक्ति पौडेल संयोजक, प्रेस क्लबका तत्कालीन अध्यक्ष ज्ञानेन्द्र निरौला सहसंयोजक र नयाँ पुस्ताको नेतृत्व गर्दै पत्रकार झुलन रेग्मी सचिव रहने गरीको समिति सर्वसम्मत चयन गरिएको छ । समितिमा मेचीनगरमा क्रियाशील सबै पत्रकार सदस्य रहने छन् ।

नयाँ सदस्यता वितरण तथा क्लब गठन प्रक्रियालाई अघि बढाउँदै तीन महिनाभित्र अधिवेशन गराउनु पर्ने समितिलाई पत्रकारहरुको एकीकरण भेलाले म्यान्डेट दिएको छ । मेचीनगरमा ४० भन्दाबढी पत्रकार क्रियाशील छन् ।

एकीकरण कार्यदलका संयोजक तथा पत्रकार महासंघ झापा सचिव सन्तोष आचार्यको अध्यक्षता तथा प्रदेश सांसद श्रीप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा सम्पन्न सभामा कार्यदलका सदस्य तथा पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य मोहन काजी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन कार्यदलका सदस्य प्रकाश पौडेलले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 305

प्रतिक्रिया (०)

सम्बन्धित खबर