बिर्तामोड । झापामा पिसिआर ल्याव स्थापना गर्न जनस्तरबाट दैनिक रुपमा रकम जुटने काम भईरहेको छ ।
कनकाई नगरपालिका कोटिहोम स्थित समर्पण भवनमा कोरोना भाइरस परीक्षण गर्ने पिसिआर ल्याब स्थापना गर्ने दृढताका साथ एकका लागि एक अभियान अघी बढिरहेको बेला बिर्तामोड स्थित शिखर साकोसले पनि साथ दिएको छ । साकोसले पिसिआर ल्यावको लागि नगत ५१ हजार सहयोग पनि गरेको छ ।
मंगलबार शिखर साकोसको कार्यालयमा एक अनौपचारिक कार्यक्रमका बीच सकोसका अध्यक्ष दिपेन्द्र राउतले अभियानका सहसंयोजक बिनोद बस्नेतलाई रकम हस्तान्तरण गरेका थिए ।
अभियनको उदेश्य महान रहेको एक अर्थमा सच्चा समाजसेवको काम गर्दै आएको र यतीबेला ल्याव स्थापना गर्ने संकल्प गर्दै अभियानले गरेको सामाजिक गतिबिधीलाई देश विदेशबाट समर्थन जुटने काम भईरहेकोमा अभियानका अभियान्तहरुलाई धन्यवाद दिदै आफ्नो संस्था पनि अभियानमा जोडिन पाएकोमा साकोस अध्यक्ष राउतले खुशी व्यक्त गरेका छन । शिखर साकोसको सिंगो टिम आवसेक परेको खण्डमा अभियानलाई साथ दिन तत्वर रहने बताए ।
रकम हस्तान्तरण कार्यक्रममा अभियानका सदस्य बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, जिल्ला सहकारी संघका सचिव युवराज ढकाल, सदस्य सञ्जिव घिमिरेको उपस्थिती रहेको थियो ।
साकोसको तर्फबाट उपाध्यक्ष ऐश्वर्या पाण्डे, सचिव हिमालय प्रसाई, सहसचिव तारा खतिवडा सदस्य किरण थापा लगायतको सहभागिता रहेको थियो ।