Aamsanchar

मन्त्री गुरूङ विवादमा,आसेपासेलाई मात्र महत्त्व दिएको आरोप

Author Image
मङ्गलवार, असार २३, २०७७

नेपाली कांग्रेसको भातृसंगठन राष्ट्रिय लोकतान्त्रिक अपांग संघ रौतहटले राष्ट्रिय निर्देशन समितिको गठन प्रति आपत्ति प्रकट गरेको छ।
राष्ट्रिय लोकतान्त्रिक अपांग संघ रौतहटका अध्यक्ष नितेश कुमार गुप्ताले एक प्रेस बिज्ञप्ति जारि गर्दै उक्त समितिको गठन प्रति आपति जनाएको हो।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले अपांगता भएका व्यक्तिहरूको अधिकार सम्बन्धी ऐन २०७४ मा व्यवस्था भएको राष्ट्रिय निर्देशन समितिको केही दिन अघि गठन गरेका थिए। मन्त्रीको अध्यक्षतामा गठन हुने समितिको सदस्यहरूमा मुख्य सचिव, अन्य मन्त्रालयका सचिवहरू, अपांगताको क्षेत्रमा काम गर्ने अपांगता भएका व्यक्तिहरू, विज्ञ तथा सेवाप्रदायक लगायतका व्यक्तिहरू राखेर निर्देशन समिति गठन भएको छ । आर्थिक वर्ष २०७७र७८ को विनियोजन गर्दा मन्त्रालयबाट विगतका बर्षहरूमा अपांगताका क्षेत्रमा काम गर्ने संस्थाहरूलाइ प्रदान गरिँदै आएको बजेट कटौति गरी काठमाडौमा रहेका केहि आफ्नो नजिकका संस्थालाई मात्रै बजेट दिएर मन्त्री विवादित बनेको समेत बिज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधान र ऐन तथा कानूनहरूले समावेशीतालाइ आत्मशात मात्र गरेका छैनन, कार्यान्वयनमा पनि गइरहेको अवस्थामा अपाङ्गता भएका व्यक्तिको अधिकार, सेवा सुविधा र संरक्षण सम्बन्धी काम कारबाहीमा समन्वय, रेखदेख, प्रबर्द्धन गर्ने तथा सो सम्बन्धी काममा निर्देशन दिने कामका लागि मन्त्रीले गठन गरेको यस समितिमा लगभग आधा जनसंख्या भएको मधेश, दलित, सुदूरपश्चिम र कर्णाली प्रदेशलाइ छोडेर काठमाडौमा मात्र बस्ने केहि टाठाबाठा , ऐनमा नै व्यवस्था भएको विभिन्न विषय दक्षता र विज्ञताको क्षेत्रको मर्मलाइ जथाभावी प्रहार गरी समिती गठन गरिएको उल्लेख छ ।

असमावेशी चरित्रको समितिलाइ विघटन गरी सबै पक्ष, क्षेत्र, समूदाय र वर्गलाइ समेटिएको पूर्ण समावेशी र ऐनले परिकल्पना गरेको समितिको गरिमालाइ उच्च राख्न सक्ने व्यक्तिहरू राखेर समिति पुनर्गठन गर्न समेत माग गरिएको छ ।

Views: 308

प्रतिक्रिया (०)