Aamsanchar

डुङ्गा दुर्घटनामा बेपत्ताको खोजी सुरु

Author Image
आइतवार, असोज २, २०७३

१५ जनाभन्दा बढी बेपत्ता

3939

इनरुवा ।

सुनसरीको प्रकाशपुर–५ स्थित सप्तकोसी नदीमा डुङ्गा दुर्घटनामा बेपत्ता भएकाको खोजी आज बिहानदेखि सुरु गरिएको छ ।

शनिबार श्रीलङ्का टापुबाट यात्रु लिएर आइरहेको डुङ्गा सप्तकोसीमा दुर्घटना हँुदा बेपत्ता भएकाको खोजी आज बिहानैदेखि सुरु गरिएको सुनसरी प्रहरीले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली परिचालन गरी खोजी सुरु गरिएको सुनसरीका प्रजिअ मोहन चापागाईंले जानकारी दिनुभयो ।

दुर्घटना भएसँगै ३७ जनाको सकुशल उद्धार गरिए पनि अझै बेपत्ताको सङ्ख्या यकिन हुन सकेकोे छैन । डुङ्गा दुर्घनामा १५ जनाभन्दा बढी बेपत्ता भएको स्थानीयवासीले भने पनि बढीमा सात जना बेपत्ता भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 129

प्रतिक्रिया (०)