Aamsanchar

साईकलको निहुमा हत्यागरी फरार बनेका अभियुक्त १४ वर्ष पछी पक्राउ

Author Image
बिहिवार, साउन १, २०७७

झापा ।  भनाई छ कानून र कालले कहिलै छोडदैन त्यस्तै एक अभियुक्तलाई १४ बर्ष पछी झापा प्रहरीले पक्राउ गरेको छ ।
झापाको साबिक टागनडुब्बा गाविस–९ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका हुन् ।

२०६३ साल चैत्र २४ गते विश्वकर्मालाई कुटपिट गरी घाईते बनाएका थिए । विश्वकर्मालाई उपचारको लागि अस्पताल पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको बताईएको छ ।
हत्यागरी फरार बनेका झापा मेची नगरपालिका वडा नं. ८ का बौदल लामगादे बि.क भन्ने पुण्यप्रसाद विश्वकर्मालाई गत मंगलबार ईटाभट्टा चोकबाट जिल्ला प्रहरी र इलाका प्रहरी कार्यालय काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गरेको थियो ।

झापाका एसपी कृष्ण कोइरालाका अनुसार पक्राउ पर्नेमा बौदल लामगादे विक भनिने पुण्यप्रसाद विश्वकर्मा रहेको उनी हालको झापागाउँपालिका–३ स्थित ससुरालीमा गएका बेला घटना भएको हो । कोइरालाका अनुसार कामाटोली बजारबाट नसोधिकन नत्थुको साइकल लामगादेले चलाएका थिए । साइकल फिर्ता लिन जाँदा मादक पदार्थ सेवन गरेर बसेका लामगादेले नत्थुमाथि कुटपिट गरेको सोधपुछका क्रममा खुलेको हो ।

अभियुक्त बौदल लामगादे बि.क ।

वास्तिविक नाम र बोलाउने नाम फरक रहेकोले उनी उम्किँदै आएका थिए । नाम फरक भएकै कारण उनी वैदेशिक रोजगारीका लागि पनि गएको पाइएको छ । कोइराला भन्छन्, ‘अभियुक्तले जतिसुकै चलाखी गरे पनि प्रहरीले निरन्तर निगरानी गरिरहेको हुन्छ, कसैले उन्मुक्ति पाउने कुरै हुँदैन ।’

पुराना घटनामाथि झापा प्रहरीले अनुसन्धानलाई तिब्र बनाईरहेको अवस्थामा फरार अभियुक्त कानूनी दायरामा प्रहरीले ल्याउन सफल बनेपछी, न्याय पाएको भन्दै पिडित परिवारका सदस्यले प्रहरीलाई धन्यवाद दिएका छन । धन्यवाद दिनेहरुमा मृतककी श्रीमती, छोरा, साला र अभियुक्तका साथीले जिल्ला प्रहरी कार्यलय आयोजित पत्ररकार सम्मेलनकै क्रममा धन्यवाद व्यक्त गरेका छन । उनिहरुले अभियुक्तलाई हदै सम्मको सजाय दिन माग पनि राखेका छन ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला अदालत, झापाले लामगादेलाई ७ दिन हिरासमा राख्न अनुमति दिएको छ । यो अवधिमा उनको बयान, तथ्य विश्लेषण र प्रमाण संकलन लगायत हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 385

प्रतिक्रिया (०)

सम्बन्धित खबर