
सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को समुपस्थितमा आर्थिक एवम् बैंक क्षेत्रका समसामयिक विषयमा छलफल हुँदै ।
झापाको बिर्तामोडमा आयोजित बिर्तामोड अन्तर्राष्ट्रिय व्यापार औद्योगिक महोत्सवमा घुमिरहेको रोटेपिङ । आयोजकको भनाई अनुसार यो पिङ झापामा पहिलो पटक ल्याइएको ठुलो पिङ हो । फोटो : बिनोद पाण्डे/आमसंचार
काठमाण्डौ – इजिप्टको राजधानी कायरोको जमालेकमा रहेको इल सावे कल्चर व्ह्लिमा पर्यटन प्रवर्धनका कार्यक्रमसहित नेपाली मौलिक कला र संस्कृति झल्कने विविध कार्यक्रम गरिएको छ । कायरोमा रहेको नेपाली राजदूतावासद्वारा गएको बुधवार र बिहीवार आयोजित कार्यक्रममा […]
झापाको बिर्तामोड अन्तर्राष्ट्रिय महोत्सवमा र्याप गायक आशिष राना ‘लाहुरे’ गीत प्रस्तुत गर्दै । लाहुरे आएको दिन १० हजार भन्दा धेरै दर्शको भिड लागेको थियो ।
बिर्तामोड अन्तराष्ट्रिय महोत्सवमा लाखे नृत्य देखाउदै नेवारी समुदायका कलाकारहरू । फागुन ५ गते देखि १५ गते सम्म आयोजना हुने महोत्सवमा दैनिक फरक फरक जातीहरूको कला प्रस्तुत हुँदै आएको छ ।
अख्तियार दुरुपयोग आयोग को ३२ औं स्थापना दिवस समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) । आज (शनिवार) नेपाल प्रहरी अडिटोरियम हलमा कार्यक्रम सम्पन्न भएको थियो ।
कृषि वालीले रंगीन देखिएको पाँचथर जिल्ला फिदिम नगरपालिका ११ स्थित एक गाउँ । फोटो : गिरिराज बासकोटा
बिर्तामोड नगरपालिकाले विपन्न जेष्ठ नागरिकहरुलाई न्यानो कपडा वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा आज आयोजित एक कार्यक्रमका विच नगरले एक सय जनालाई व्लाङ्केट वितरण गरेको हो ।
बेलुका पख पशुपति आर्यघाट । यो आर्यघाट बाग्मती किनारमा अवस्थित छ। यस घाट हिन्दुहरूको अन्तिम संस्कार गर्न प्रचलित घाट हो। इतिहास अनुसार पशुपति आर्यघाट प्रताप मल्लको पालामा निर्माण गरिएको थियो । फोटो : बिनोद पाण्डे/आमसंचार