Aamsanchar

‘मतान’को बिर्तामोडमा च्यारीटी शो

Author Image
शुक्रवार, माघ ७, २०७३

झापा,

राईहरुको संस्कृति,भेषभुषा लगायतका कुराहरु समेटीएको नेपाली कथानक चलचित्र ‘मतान’को विहिवार झापाको बिर्तामोडमा च्यारीटी शो गरीएको छ ।

२०१५मा वेष्ट आदीवासी जनजाती राष्ट्रीय चलचित्र अर्वाड प्राप्त गर्न सफल भएको यो चलचित्रको रिलिज डेट तय भने भएको छैन । तर यो चलचित्र आगामी बैशाख दोश्रो साता रिलिज गर्ने तयारी भईरहेको चलचित्रका लेखक तथा निर्माता केशव राईले जानकारी दिए ।
चलचित्रलाई विनोद श्रेष्ठले निर्देशन गरेका हुन । कलाकारहरुमा सुरवीर पण्डित,कमल खालीङ्ग राई,विनिता घिमिरे,विनोद श्रेष्ठ,कविता आले,टुपेन मगर,वविता राई लगायत रहेका छन । चलचित्रको कथा बस्तुमा राई संस्कतिसंगै गाउँले परिवेशमा हुर्केका युवायुवति विचको प्रेम कहानी र बैदेशिक रोजगारले पारेको प्रभावको विषयमा आधारीत रहेको बताईएको छ ।
सोलुखोला सिनेमा प्रालीको व्यानरमा निर्माण गरीएको यस चलचित्रलाई तारा थुलुङ्ग राई र सुनिता बुढाथोकी मगरले निमार्ण गरेका हुन । चलचित्रको सम्पुर्ण छायाङ्कन सोलुखुम्बुमा गरीएको हो । चलचित्रमा ३ वटा गीत समावेश गरीएको छ । गीतमा सुनीता राई र टोपेन मगरले आवाज भरेका छन भने गायक टोपेन मगरले नै संगीत गरेका छन । चलचित्रलाई हङकङ्ग,कतार लगायतका विभिन्न ठाउँमा च्यारीटी शो गरीसकीएको छ ।

च्यारीटी शो बाट संकलन भएको केही रकम किराँत राई चलचित्र संघको भवन बनाउन खर्च गरीने जनाईएको छ । भर्खरै निमार्ण भएको किराँत राई चलचित्र संघको औपचारीकता दिनको लागी माघ १५ गते चलचित्र निर्माता संघका अध्यक्ष राजुमार राई आउने कार्यक्रम रहेको किराँत राई चलचित्र संघ झापाका अध्यक्ष भुवनसिंह राईले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 190

प्रतिक्रिया (०)

सम्बन्धित खबर