Aamsanchar

किसानलाई अनुदानमा धान रोप्ने मेसिन

Author Image
आइतवार, चैत ६, २०७३

झापा।

जिल्ला कृषि विकास कार्यालय झापाले कोहवराका किसानलाई धान रोप्ने मेसिन प्रदान गरेको छ ।
कार्यालयले ८५ प्रतिशत अनुदानमा ५ लाखभन्दा बढी मूल्य पर्ने मेसिन साना किसान महिला कृषि सहकारी संस्थालाई शनिबार प्रदान गरेको हो । धान रोप्ने आधुनिक मेसिन खरिद गर्न संस्थाको १५ प्रतिशत लगानी रहेको बताइएको छ ।
प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीले संस्थाकी अध्यक्ष यशोदा कोइराला भण्डारीलाई मेसिनको चाबी हस्तान्तरण गर्नुभएको थियो ।
कार्यालयले कोहबरामा पाँचसय हेक्टर क्षेत्रफलमा मापदण्डअनुसारको लाइनमा धान रोप्ने किसानलाई प्रति हेक्टर पाँच हजार रुपैयाँ अनुदान दिने कार्यक्रम सञ्चालन गरिरहेको जिल्ला कृषि विकास कार्यालय झापाका वरिष्ठ कृषि विकास अधिकृत प्रकाश डाँगीले बताउनुभयो ।

झापा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत धान सुपरजोनका लागि छनोटमा परेर कार्यक्रम अघि बढाइएको जिल्ला हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर