Aamsanchar

रुद्र गौरी श्री अम्विका ओली स्मृति प्रतिष्ठानद्धारा चार सम्मानित

Author Image
मङ्गलवार, वैशाख ५, २०७४

बिर्तामोड। 

रुद्र गौरी श्री अम्विका ओली स्मृति प्रतिष्ठान झापाले विभन्न विधाका पुरस्कार सोमबार बितरण गरेको छ । बिर्तामोडमा आयोजित एक समारोहका बीच प्रतिष्ठानले एक लाख ११ हजार एक सय ११ रुपैयाँ राशी भएको अम्विकादेवि ओली स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार चन्द्र भण्डारीलाई प्रदान गरेको छ । भण्डारी पत्रकार महासंघका संस्थापक महासचिव तथा कञ्चनजंघा एफएम बिर्तामोडका प्रवन्ध निर्देशक हुन् ।
यसअघि सो पुरस्कारबाट सन २०१२ मा नारायण ढकाल काठमाडौं, १३ मा भैरव रिसाल भक्तपुर, १४ मा प्राध्यापक  मोहनराज शर्मालाई प्रदान गरिएको थियो । त्यस्तै रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार महारानी झोडा साना किसान कृषि सहकारी संस्था झापालाई प्रदान गरेको छ । पुरस्कारको राशी एक लाख एक हजार एक सय ११ रुपैयाँ रहेको छ । सो पुरस्कार सहकारीकी अध्यक्ष मीना ढकालले ग्रहण गरेकी थिइन् । सो पुरस्कार यस अघि सन २०१२ मा सन्तवहादुर गुरुङ तनहुँ, १३ मा कृष्णवहादुर घिमिरे ललितपुर, १४ मा भोलामानसिह वस्नेत काठमाडौंलाई प्रदान गरेको थियो ।
यसैगरी गौरादेवि ओली स्मृति राष्ट्रिय आर्दश आमा पुरस्कार मानव सेवा आश्रम हेटौडालाई प्रदान गरेको छ । पुरस्कारको राशी एक लाख एक हजार एक सय ११ रुपैयाँ रहेको छ । सो पुरस्कार आश्रमका अध्यक्ष रामजी अधिकारीले ग्रहण गरे ।
सन २०१२ मा सो पुरस्कार सीता पोख्रेल संखुवासभा, १३ मा भद्रकुमारी घले काठमाडौं, १४ मा मथुरादेवी कुँवरलाई प्रदान गरिएको थियो ।
यता ५१ हजार एक सय ११ रुपैयाँ पुरस्कार राशी भएको देवि ओली स्मृति राष्ट्रिय वाल पुरस्कार काठमाडौं निवासी नृत्य खेलकुद र उद्घोषण कलामा विशिष्ट प्रतिभा भएकी सृष्टि महर्जनलाई प्रदान गरिएको छ ।
यस अघि सो पुरस्कार सन २०१२ मा यजु श्रेष्ठ काठमाडौं, १३ मा शभु सन्देश गौतम रुकुम, १४ मा रिवाज श्रेष्ठ वाग्लुङलाई प्रदान गरिएको थियो ।
पुरस्कृत चारैजनालाई कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र विशेष अतिथि सामान्य प्रशासन मन्त्री केशवकुमार वुढाथोकीले सम्मान पत्रसहित नगद प्रदान गरेका थिए ।
प्रतिष्ठानले सन २०१५ मा भने पुरस्कारको सवै राशी भुकम्प पीडितलाई प्रदान गरेको थियो । यस वर्षको पुरस्कार कृषि विधा तर्फ कृषि विज्ञ भोलामानसिह वस्नेत र साहित्य तथा पत्रकारिताको रघु मैनाली संयोजक रहेको समितिले छनौट गरेको थियो । कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति तीलविक्रम नेम्वाङ९वैरागी काइला० पूर्व पुरस्कृत व्यक्तित्व भोलामान वस्नेत, लगायतले बालेका थिए । कार्यक्रममा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको शुभकामना सन्देश संस्थापक  उपाध्यक्ष तुलशीराम ओलीले वाचन गरेका थिए ।
पुरस्कृत व्यक्तित्व सृष्टि महर्जन सहितले नृत्य प्रस्तुत गरेको कार्यक्रममा सांसद सुधिरकुमार शिवाकोटी, रवीन कोइराला,प्रेम गिरी, दीपक कार्की, प्राज्ञ सभा सदस्य यज्ञराज प्रसाई, प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्री, वरिष्ठ प्रहरी उपरीक्षक पिताम्वर अधिकारी, ओली वंश समन्वय समितिका पूर्व अध्यक्ष सरोज ओली, ओली वंशका अग्रज व्यक्तित्व मोहनप्रसाद ओली,नेपाल पत्रकार महासंघ झापा अध्यक्ष तारामणि सापकोटा, जय नेपाल प्रतिष्ठानका अध्यक्ष गोपालकुमार वस्नेत, लगायतको आतिथ्य रहेको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष ऋतुराज भण्डारीले स्वागत गरेको कार्यक्रममा पुरस्कार छनौट समितिको तर्फबाट रघु मैनालीले पुरस्कृत व्यक्तित्वको परिचय गराएका थिए ।  प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा भएको कार्यक्रममा यज्ञराज ओलीले धन्यवाद ज्ञापन र  सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर