Aamsanchar

जिल्ला स्तरिय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

Author Image
बुधवार, फागुन ३०, २०७४

चारपाने, फागुन ३० । झापाको विर्तामोडमा जिल्ला स्तरिया हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
बोष्टन एजुकेशन, रोटरी क्लव अफ विर्तामोड मिट टाउन, रोट्याक्ट क्लव मिटटाउन र देवभूमी विद्या पिठको आयोजनामा प्रतियोगिता सम्पनन भएको हो । विद्यार्थीको सोचन क्षमतालाई अभिवृद्धी गराउने उदेश्यले विगतका बर्षहरुमा पनि आयोजना हुदै आएको प्रतियोगिता यस बर्ष बिज्ञान विषयलाई प्राथमिकतामा राखेर जिल्ला स्तरिय अन्तर विद्यालय बिज्ञान हाजिरीजवाफ प्रतियोतिमा आयोजना गरिएको कार्यक्रम संयोजक सुमन जमरकट्टेलले जानकारी दिए ।

झापा जिल्लाबाट १२ वटा विद्यालयका छात्र छात्राले सहभागी जनाएका थिए । प्रतियोगितामा एक सय ८० अंक ल्याएर कञ्चनजंगा माध्यमिक विद्यालय प्रथम, एकसय अंक ल्याएर ग्लोवल कलेज दमक दोस्रो र नब्बे नब्बे अंक ल्याए पछी निधी क्याम्पस विर्तामोड र देवी माध्यमिक विद्यालयलाई तेस्रो स्थानको विजेता घोषित गरिएको थियो ।
प्रथम हुने कञ्चनजंगा माध्यमिक विद्यालयवाट सहभागी रहेका विद्ययार्थीहरु किरण सापकोटा, र जेसीज ओझा लगायत दोस्रो, तेस्रो हुने विद्यालयका विद्यार्थीहरुलाई नगत, ट्रफी र प्रमाण पत्र प्रदान गरिएको थियो ।

रोटरी क्लव अफ विर्तामोड मिट टाउनका अध्यक्ष अरविन अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा विर्तामोड श्रोतकेन्द्रका श्रोत व्यक्ती केशरबहादर खवासको प्रमुख आतिथ्यता रहेको थियो । हाजिरी जवाफ प्रतियोगिताको निर्णायक भूमिका संचारकर्मी दिपेन्द्र पौडेलले गरेका थिए ।
 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 331

प्रतिक्रिया (०)

सम्बन्धित खबर