Aamsanchar

आयोजक शिवसताक्षी सहित दमक, झापा र बिर्तामोड विजयी

Author Image
शुक्रवार, चैत २, २०७४

(शान्तिराम बस्नेत)
शिवसताक्षी ।


शिवसताक्षी भलिबल क्लबको आयोजनामा शुक्रबाट झापा जिल्ला स्थानीय तह स्तरीय नकआउट पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

शिवसताक्षी–११ दूधेस्थित खेल मैदानमा शुरु प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका अध्यक्ष सोमनाथ पोर्तेलले उद्घाटन गरे । क्लव अध्यक्ष भीम लिवाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिवसताक्षी नपाका मेयर चन्द्रकुमार शेर्मा, प्रशासकीय अधिकृत पंकज भुर्तेल लगायतले बोलेका थिए । खेल संयोजक राजेन्द्र श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव पदम कुँवरले गरेका थिए ।

यसैबीच शुक्रबार नै ४ वटा खेलहरु सम्पन्न भएका छन् । जस अन्तर्गत हल्दीबारी र दमकबीच भएको पहिलो खेलमा दमकले २५–१० र २५–१४ को अन्तरले सोझो सेटमा हराएको थियो भने झापा र भद्रपुरबीच भएको खेलमा झापाले २५–१३, २३–२५ र २५–१३ अंक ल्याउदैं २–१ को सेटमा जित्दै आफूलाई अर्को चरणमा पु¥याएको थियो ।

त्यस्तै बिर्तामोड र शनिअर्जुन बीच भएको तेस्रो खेलमा बिर्तामोड नपाले शनिअर्जुनलाई सोझो सेटमा हराएको थियो । उसले शनिअर्जुनलाई २५–१६ र २५–२४ को अंकमा हराएको हो । यता शिवसताक्षी र कनकाई नपाबीच भएको अन्तिम खेलमा आयोजक शिवसताक्षी नपाले कनकाईलाई २५–१७ र २५–२१ को सोेझो सेटमा हराएको थियो ।


आयोजक समितिका अध्यक्ष भीम लिवाङका अनुसार शनिबार पनि ४ खेल हुने बताए । उनका अनुसार गौरादहसंग कचनाकवल, कमलसंग बाह्रदशी तथा शुक्रबार जीत हासिल गरेका शिवसताक्षी नपासंग झापा गापा तथा दमक नपासंग बिर्तामोड नपाबीच खेल हुनेछन् ।

आयोजिक समितिका अनुसार प्रथम हुनेले ५१ हजार रुपैयाँ, र दोस्रो हुनेले ३१ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । उत्कृष्ट खेलाडी, ब्लकर, स्पाइकर, डिफेन्डर र सटरलाई पुरस्कृति गरिने जनाईएको छ । प्रतियोगितामा झापा जिल्लाका १४ वटा स्थानीय निकायका टीमहरुसंग नकआउट चरणमा खेल हुनेछन् ।

चैत्र ५ गतेसम्म सम्पन्न हुने उक्त क्षेत्रकै सर्वाधिक राशीको भलिबल प्रतियोगिता हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर