Aamsanchar

केहि केटाको छाती किन केटीको स्तनजस्तै देखिन्छ ?

Author Image
शनिवार, साउन १, २०७३

झापा ।

china3-1437167842

मेरो छाती ठूलो छ । मेरो छाती अरू केटाहरूको भन्दा ठूलो देखिन्छ अर्थात् छाती केटीको स्तनजस्तै देखिन्छ । यसले गर्दा म एकदम टेन्सनमा छु । यसका लागि मैले के गर्नुपर्ला ?

पुरुषको स्तन
स्तन भन्नासाथ हामीले सामान्यत: महिलाको नै सम्झन्छौं, तर पुरुषमा पनि स्तन विकसित नभए पनि स्तनका तन्तुहरू भने हुन्छन् । महिलाको छातीको यो विशेष ग्रन्थिले शिशुको पोषणका लागि आवश्यक दूध उत्पादन गर्छ । हामीलाई थाहा भएकै कुरा हो– स्तन यौनको दृष्टिकोणले पनि महत्वपूर्ण अंग हो । स्तनको मुन्टो र वरिपरिको भाग यौन संवेदनशील हुनसक्छ । वाल्यकालमा केटा र केटीको स्तन उस्तै हुने भए पनि किशोरावस्थामा पुगेपछि हार्मोनको प्रभावले केटीहरूमा स्तनको विकास तीव्र गतिमा हुन थाल्छ, तर सामान्यत: केटामा भने त्यस्तो हुँदैन अर्थात् केटाको स्तन विकसित हुँदैन ।

स्तनको आकार र आयतनको महत्त्व
महिलाको हकमा विकसित स्तन यौन आकर्षक मानिन्छ र महिलाको स्तनको स्पर्श महिला तथा पुरुष दुवैका लागि आनन्दको स्रोत हुन सक्छ । कतिले यसलाई आत्मसम्मानको कुरा पनि मान्छन् । महिलाहरूले स्वास्थ्यभन्दा सुन्दरताका कारणले स्तनको चिन्ता बढी गरेको पाइन्छ, तर पुरुषमा भने यसको प्रभाव उल्टो हुन्छ । पुरुषको स्तन विकसित हुनुलाई नकारात्मक रूपमा लिइन्छ । पुरुषमा स्तन बढ्ने कुराले साथीभाइमाझ लाज हुन्छ । यसलाई सक्दो लुकाइन्छ । तपाईंले पनि यस्तै कुरा भोग्नु भएको होला ।

स्तन किन बढ्छ ?

किशोरावस्थामा पुगेपछि सामान्यत: केटाहरूमा स्तन नबढ्नु पर्ने हो, तर केही किशोरहरूमा स्तन ठूलो हुन पुग्छ । यसरी स्तन ठूलो हुने अवस्थालाई Gynecomastia भनिन्छ । यो शब्द ग्रिक भाषाका gyne शब्द जसको अर्थ ‘महिला’ र mastos शब्द जसको अर्थ ‘स्तन’ हुन्छ, मिलेर बनेको छ, तर व्यवहारिक रूपमा यो शब्दले पुरुषहरूमा असामान्य रूपमा स्तन ठूलो हुनुलाई नै बुझाउँछ ।
यस्तै ४० देखि ६० प्रतिशत पुरुषले कुनै न कुनै बेला यस्तो अनुभव गरेका हुन्छन् । यसरी स्तन ठूलो हुने सम्भावित कारणमा किशोरावस्था प्रवेशसँगैका परिवर्तन, स्टेरोइड औषधीको दुरुपयोग, मोटोपन, टयुमर, वंशाणुगत खराबीहरू, कतिपय औषधीका कुअसरहरू अनि उमेर बढ्नु आदि प्रमुख छन् । मूलभूत रूपमा भन्नुपर्दा धेरैजसो स्थितिमा सामान्य रूपमा पाइने हार्मोनको मात्रामा भएको गडबडीका कारण स्तनका तन्तुमा पारेको असरले यस्तो हुन्छ । यसरी स्तन बढ्ने स्थिति किशोरावस्थाका केटाहरूमा निकै देखिन्छ । यस्तै ४० प्रतिशतसम्म किशोरमा यस्तो हुने देखिन्छ ।
किशोरहरूमा यसरी स्तन बढ्ने स्थितिलाई pubertal gynecology भनिन्छ । यस्तै १४ वर्षको उमेर सम्ममा यस्तो हुन्छ । ४ सेमिसम्म बढेको स्तनको तन्तु ७५ प्रतिशतजति किशोरमा कुनै उपचारबिना आफैं हराएर जान्छ र ३ वर्षभित्रमा यस्तै ९० प्रतिशतमा यो लक्षण आफैं केही महिनामा वा किशोरावस्था सकिएपछि हराएर जान्छ । बाँकी १० प्रतिशत जसको स्तन ठूलै रहन्छ, उनीहरूलाई भने मानसिक तथा सामाजिक रूपमा पनि समस्या परेको हुन सक्छ । लाज लाग्ने, उत्पीडन, अपमानका साथै आफैंलाई घृणा गर्ने जस्ता कतिपयजस्ता कुराको अनुभूति पनि हुन्छ । व्यक्तिले आफ्नो व्यक्तित्व नै नभएको अनि आत्मसम्मानको कमीजस्ता कुरा अनुभव गर्न सक्छ ।

समाधान के होला ?
तपाईंले स्तन बढ्ने कुराबाहेक अन्य जानकारी दिनुभएको छैन । तपाईंलाई के भनौं भने कारणअनुसार नै यसको समाधान खोज्नुपर्ने हुन्छ । त्यसैले किन त्यस्तो भएको हो पत्ता लाग्नु आवश्यक छ । कारक तत्त्व हटाउन सकिए यो समस्यामा कमी आउने नै भयो । किशोरावस्थामा हुने स्तनको वृद्धि मात्र हो भने त खासै चिन्ता गर्नु पर्दैन । धेरैजसो स्थितिमा त्यो आफैं हराएर जान्छ । तपाईंले आफ्नो उमेर २१ वर्ष भएको कुरा उल्लेख गर्नुभएकाले किशोरावस्था पार गरिसक्नुभएको छ । तपार्इंले पहिलेभन्दा यो आफंै नै कम भएर गएको छ– छैन विचार गर्नुभएको छ ?
किशोरावस्थामा आएका परिवर्तनका कारण भन्दा अन्य कुनै कारणले त्यस्तो भएको हो कि पत्ता लगाउनुपर्छ । यसका लागि चिकित्सकको सल्लाहमा परीक्षणहरू गराउनुपर्छ ताकि निश्चित उपचार गर्न सकियोस् ।

स्तन ठूलो हुनु समस्याका रूपमा कायम रहे शल्यक्रिया गरेर स्तनलाई सानो पार्नुपर्ने हुन्छ । त्यसका लागि शल्य चिकित्सकसँग सम्पर्क राख्नुहोला । शारीरिक रूपमा शल्यचिकित्साबाट स्तनको आकारलाई कम गरे पनि यसरी स्तन ठूलो हुनुले परेको मानसिक पक्षहरूमा पनि सामाञ्जस्यता ल्याउन ध्यान पुर्‍याउनु पर्ने हुन्छ । स्तन ठूलो हुँदैमा तपाईंको जीवन नै बर्बाद हुने होइन, त्यसैले अनावश्यक रूपमा निराश हुनुको सट्टा अब कसरी स्तनलाई सानो बनाई सकारात्मक रूपमा जीवन अघि बढाउने भन्ने तिर लाग्नुहोस् । अनावश्यक रूपमा निराश हुनुको सट्टा यसको उपचारतर्फ ध्यान दिनुहोला । -बिजपाटीबाट 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 593

प्रतिक्रिया (०)

सम्बन्धित खबर