Aamsanchar

अमिताभ बच्चनको ट्वीटर अकाउन्ट कसले ह्याक गर्‍यो ?

Author Image
मङ्गलवार, जेठ २८, २०७६

बलिउड अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट सोमबार राती ह्याक भएको छ । पाकिस्तान समर्थित टर्कीको टर्किश साइबर आर्मी ‘अयिल्दिज टिम’ ले यसको जिम्मेवारी लिएको छ ।

अमिताभको ट्वीटर अकाउन्टबाट टर्की र पाकिस्तानसँग सम्बन्धित पोष्ट गरिएको छ ।

ह्याकरले अमिताभको ट्वीटर अकाउन्टको प्रोफाइल–बायो नै परिवर्तन गरेको छ । अमिताभको प्रोफाइल फोटोको साटो पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर राखिएको छ । साथै लेखिएको छ, ‘नायक… केही मानिस अहिले पनि यस्तो गरिरहेका छन् । पाकिस्तानलाई प्रेम ।’

अमिताभ बच्चन ट्वीटरमा विशेष सक्रिय छन् र उनका ३.७४ करोड फलोअर्स छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर