Aamsanchar

झापाका केशवकुमार सामान्य प्रशासन मन्त्री

Author Image
शुक्रवार, भदौ १०, २०७३

kesabझापा ।
झापाका सांसद एवं नेपाली कांग्रेसका नेता केशवकुमार बुढाथोकी नेपाल सरकारको सामान्य प्रशासन मन्त्रीमा नियक्त भएका छन् ।
झापा क्षेत्र नं. ५ बाट संविधान सभाको निर्वाचनमा लगातार दुई पटक निर्वाचित सांसद बुढाथोकी मन्त्रीमा नियुक्त भएका हुन् ।उनी कांग्रेसका केन्द्रीय सदस्य छन् । त्यस्तै कांग्रेसका युवा नेता गगन थापा स्वास्थ्य मन्त्री नियुक्त भएका छन् ।

बिहीबार नेपाली काँग्रेसले सरकारमा सहभागी हुने मन्त्रीको नामावली टुङ्गो लगाएको थियो ।

नेताहरुबीच बिहान भएको छलफलपछि मन्त्रीको टुङ्गो लागेको हो । काँग्ेरसबाट सरकारमा सहभागी हुनेमा अर्जुननरसिंह केसी, डा प्रकाशशरण महत, बालकृष्ण खाँड, केशवकुमार बुढाथोकी, गगनकुमार थापा, शङ्कर भण्डारी, सीतादेवी यादव, हृदयराम थानी, रोमी गौचन, दीपक गिरी, नवीन्द्रराज जोशी, जीवनबहादुर शाही र सूर्यमान गुरूङ रहुनभएको छ । शुक्रबार मन्त्रालयको टुङ्गो लागेसँगै मन्त्रीको शपथ हुने काँग्रेसले जनाएको छ ।

काँग्रेसबाट यसअघि नै उपप्रधानमन्त्री तथा गृहमन्त्रीका रुपमा निधि र भौतिक योजना तथा यातायातमन्त्रीका रुपमा रमेश लेखक नियुक्त भइसक्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 158

प्रतिक्रिया (०)

सम्बन्धित खबर