Aamsanchar

अब ४४ भाषामा फेसबुकमा कुरा गर्न मिल्ने

Author Image
सोमवार, भदौ १३, २०७३

काठमाडौंः

150811053504_chatting_624x351_thinkstock-57c3e0bc882427.61504606

फेसबुक अब विभिन्न ४४ भाषामा उपलब्ध हुने भएको छ। योसँगै कसैले आफ्नो भाषामा लेखेको स्ट्याटस नबुझे तुरुन्त रुपान्तरण गरि पढ्न र बुझ्न सकिने भएको छ।
विश्वमा १ सय ७० करोड भन्दा बढी मानिस फेसबुक प्रयोग गर्छन्। त्यसको आधा जनसङ्ख्याले मात्र अङ्ग्रेजी भाषा प्रयोग गर्ने गरेका छन् भने फेसबुक प्रयोगकर्ताको आधा जनसङ्ख्याले आफ्नै भाषा प्रयोग गर्ने गरेको पाइएको छ। जसले गर्दा एकअर्काले पोस्ट गरेको स्ट्याटस पढ्न त के बुझ्न समेत मुस्किल हुने गरेको छ।

यसैलाई मध्यनजर गरेर फेसवुकले धेरै समयदेखि सबैलाई समेट्न फेसबुक विभिन्न भाषामा निर्माण गर्ने काम गरिरहेको थियो। जसको फलस्वरुप अब फेसबुक प्रयोगकर्ताले विभिन्न ४४ भाषामा फेसबुकमा राखेको कुनै पनि कुरा पढ्न पाउने भएका छन्।
तर, रुपान्तरण गरिएको भाषा कामचलाउ मात्र हुनेछ। कहिलेकाहिँ यसले गरेको ट्रान्सलेसन सहि नहुन पनि सक्नेछ। फेसबुकमा जोडिएका सबै मानिसले एक अर्कासँग आफ्नो कुरा साटासट गर्न सकून भन्ने योजनाका साथ कम्पनीले यस्तो गरेको हो। योसँगै अब ब्राजिलका नेमार, अर्जेनटिनाका लियोनल मेसी होस् वा अन्य कुनै चर्चित कलाकारले आफ्नो वालमा पोष्ट गरेको कुरालाई तपाईँले अङ्ग्रेजीका साथै आफ्नो भाषामा ट्रान्सलेट गरेर पढ्न सक्नु हुनेछ।

कतिपय चर्चित कलाकार, खेलाडीले यसको प्रयोग पनि गर्न थालिसकेका छन्। आफ्नो बजार विस्तारका लागि कतिपय साना कम्पनीले धेरैको समुहमा पुग्न विभिन्न भाषामा आफ्नो पोष्टलाई ट्रान्सलेट गरेर पोष्ट गर्ने गरेको पाइएको छ।यसरी पोष्ट गरिएको एउटा पोष्ट सात करोड भन्दा बढीले हेर्ने वायर्ड पत्रीकाले उल्लेख गरेको छ।
यो पहुँच फेसबुकका प्रयोगकर्ताको हिसाबमा सानो भएता पनि यसले ठूलो समुहमा पुग्न मदत गरेको छ भने जति जति फेसबुकमा भाषाको विकास हुँदै जानेछ अझ ठूलो संङ्ख्यामा आफ्नो सन्देश प्रभाह गर्न सकिनेछ। कम्पुटरमार्फत भाषा ट्रान्सलेट गरी सन्देश प्रवाह गर्ने क्रमलाई ‘मेसिन लर्निङ’ भनिन्छ।
मेसिन लर्निङका सहायताले फेसबुकका साथै अन्य विभिन्न कम्पनीले पनि आफ्नो प्रोडक्ट ल्याउने क्रममा छन्। गुगलमा पनि तपाईँले ‘गुगल ट्रान्सलेट’ मा गएर आफ्नो भाषामा ट्रान्सलेट गर्न सक्नु हुनेछ। गुगलले पनि विस्तारै यसमा भाषा थप्ने काम गरिरहेको छ।-बीबीसी हिन्दीबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर