Aamsanchar

चित्रबहादुर केसी भन्छन्– स्थिर सरकारले मात्र राष्ट्रको मुहार फेर्छ

Author Image
बुधवार, जेठ ५, २०७३

ck

 

भद्रपुर।

उपप्रधानमन्त्री एवम् सहकारी तथा गरिबी निवारणमन्त्री चित्रबहादुर केसीले नेपालमा सरकार बन्नु र ढल्नु कुनै नयाँ कुरा नभए पनि स्थिर सरकारले मात्र राष्ट्रको मुहार फेर्ने बताउनुभएको छ ।

झापाको भद्रपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले सरकारले अर्थतन्त्रलाई बलियो बनाउन निजी, साझेदारी र सरकारी तीन खम्बे अर्थनीति अवलम्बन गरेको स्पष्ट पार्नुभयो ।

उहाँले ऐन र नियमको अभाव सहकारी प्रणालीमा विभिन्न विकृति आएको स्वीकार गर्दै यसको समुचित व्यवस्था गर्न सरकारले सहकारीसम्बन्धी ऐन र नियम ल्याउने जानकारी दिनुभयो ।

मुलुकमा गरिबी निवारणका लागि अगामी आर्थिक वर्षको बजेटमा कार्यक्रम आउने स्पष्ट पार्दै सहकारी तथा गरिबी निवारणमन्त्री केसीले गरिब परिवारलाई पहिचान गर्न मुलुकका २५ जिल्लामा गरिबी प्रमाणपत्र पनि वितरण गरिने कुरामा जोड दिनुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 221

प्रतिक्रिया (०)

सम्बन्धित खबर