Aamsanchar

साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको स्थापना

Author Image
शनिवार, असोज २३, २०७८

बिर्तामोड – झापामा साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको स्थापना गरिएको छ ।
साहित्यकार , गीतकार ,कलाकार भगवती ढुङ्गेलको अध्यक्षतामा स्थापना भएको साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको उपाध्यक्षमा इन्द्रप्रसाद कटुवाल , सचिवमा पवन शिवाकोटी, सहसचिवमा रेवता भट्टराई, कोषाध्यक्षमा सीता कुँवर, र सदस्यहरुमा लोकबहादुर सुवेदी र मुना प्रसाईं रहेका छन् । साहित्य कला संस्कृतिमा रुची राख्ने व्यक्तिहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउने उद्धेश्यले साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडको स्थापना गरिएको अध्यक्ष ढुङ्गेलले बताइन् ।

साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडले पहिलो कार्यक्रमको रुपमा दशैं, तिहार , छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा कृति विमोचन कार्यक्रम गरेको छ । विर्तामोडस्थित जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवाकोषको सभाहलमा आयोजित कार्यक्रम प्रतिष्ठानकी अध्यक्ष भगवती ढुङ्गेलको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।

कार्यक्रममा प्राज्ञसभा सदस्य सुभद्रा भट्टराई ,समिक्षक तथा कवि डा. ठाकुरप्रसाद पोखरेल , साहित्यकारहरु शिवकुमार पौडेल , पुण्यप्रसाद खरेल, गोपाल संग्रौला, कुमार भट्टराई, एनवी दाहाल, हस्त परियार , हरि रिमाल, विनोद खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । त्यस्तै साहित्यकार तथा प्राध्यापक देवी संग्रौला , तुलसीप्रसाद भट्टराई, टीका चापागाईं , अच्युत दाहाललगायतले रचना वाचन गरेका थिए भने गायक तथा कलाकार मात्रिकाप्रसाद संग्रौलाले गीत प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा उदियमान कवि विजय संग्रौलाद्वारा लिखित अन्तिम विदाई नामक कविता संग्रहको विमोचन समेत गरिएको थियो । उक्त कृतिको समिक्षा साहित्यकार तथा प्राध्यापक देवी संग्रौलाले गरेका थिए । कार्यक्रममा लेखक संग्रौलाले अन्तिम विदाई आफ्नो पहिलो कृतिका रुपमा सार्वजनिक गरिएको बताए । कार्यक्रममा साहित्य कला संस्कृति प्रतिष्ठान विर्तामोडका पदाधिकारीहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो भने अन्तिम विदाईका लेखक विजय संग्रौलालाई उदीयमान लेखकको रुपमा सम्मान गरिएको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी सन्तोष आचार्य , साहित्य चौतारी झापाका संस्थापक संरक्षक देवीभक्त श्रेष्ठ, गायीका निर्जला प्रसाईं, जयेन्द्रप्रसाद प्रसाईं साहित्य सेवाकोषका अध्यक्ष गोपीकृष्ण प्रसाईं, मोडल जनक खड्का , सीता संग्रौलालगायतको आतिथ्य रहेको थियो । प्रतिष्ठानका उपाध्यक्ष इन्द्रप्रसाद कटुवालले स्वागत गरेको कार्यक्रमको सञ्चालन बिर्ताज्योति साप्ताहिकका सम्पादक तुलसीप्रसाद निरौलाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 2200

प्रतिक्रिया (०)

सम्बन्धित खबर