Aamsanchar

झापामा ५० किमीमा ७ पुल,लागत ९१ करोड

Author Image
बिहिवार, वैशाख ३०, २०७३

Bridge_nepal_567487870

[सुरेन्द्र भण्डारी]

बिर्तामोड, वैशाख । भारत सरकारद्वारा पूर्व–पश्चिम हुलाकी सडकखण्ड अन्तर्गत झापाका सातवटा पुल निर्माण भइरहेका छन् । मेचीदेखि रतुवा खोलासम्ममा पर्ने ५० किलोमिटर पुल निर्माणका लागि ९१ करोड ५९ लाख ५९ हजार रूपैयााको लागतमा पुल निर्माण भइरहेको आयोजनाका इञ्जिनियर उपेन्द्र दासले बताए । उनका अनुसार मेची, देवनिया, विरीङ, कनकाई, वनियानी, कमल र रामचन्द्रे खोलामा उक्त लागतमा पुन: निर्माण भइरहेका हुन् ।
रू. ३९ करोड ३६ लाखको लागतमा भऽपुरस्थित मेची नदीमा ५ सय ६० मिटर लामो निर्माणाधीन पुलको ५० प्रतिशत काम सम्पन्न भइसकेको हुलाकी राजमार्ग आयोजना कार्यालय, इटहरीले जनाएको छ । अनक–सूर्य निर्माण कम्पनीले निर्माण गरिरहेको उक्त पुल ‘प्रि–एसेष्ट’ प्रविधिबाट भइरहेको छ ।
त्यस्तै, जलथल गाविसको देउनिया खोलामा रू. २ करोड ५४ लाखको लागतमा ५१ मिटर लामो पुल निर्माण भइरहेको आयोजना कार्यालयले जनाएको छ । स्वच्छन्द–अजम्बर–शिवराम निर्माण कम्पनीले पुल निर्माण गरिरहेको बताइएको छ । सो पुल २०७० फागुन १३ गते निर्माण सम्पन्न गर्ने गरी २०६८ फागुन १४ गते सम्झौता गरेको थियो ।
त्यस्तै, गौरीगञ्ज गाविसको रामचन्ऽ खोलामा ३७ मिटर लम्बाइको पुल निर्माण भइरहेको छ । पुल निर्माणको लागत २ करोड १० लाख रहेको छ । सो पुल बोखिम–शान्ति निर्माण कम्पनीले निर्माण गरिरहेको जनाएको छ ।
३४ करोड ९ लाख रूपैयााको लागतमा पप्पु–महादेव जेभी कम्पनीले कनकाई खोलामा पनि पुल निर्माण गरिरेको छ । महाभारा गाविस र कुमरखोद गाविस जोड्ने उक्त पुल २०७२ जेठ मसान्तसम्ममा निर्माण गरिसक्नुपर्ने भएपनि पुन: निर्माणको काम अघि बढ्न सकेको छैन । सो पुलको २०६८ जेठ ३१ गते ठेक्का सम्झौता भए पनि अढाइ वर्ष ढिला गरी काम शुरू भएको थियो । दक्षिणी गाविस राजगढ र शरणामतीको बीचमा पर्ने विरीङ खोलामा लामा–मैनाचुली निर्माण सेवा कम्पनीले संयुक्त रूपमा ३ सय १९ मिटर लामो पुल निर्माण गरिरहेको छ । सो पुलको लागत रू. १५ करोड ५० लाख ५९ हजार रहेको छ । २०७१ पुस मसान्तमा काम सम्पन्न गर्ने गरी २०६८ साउनमा ठेक्का सम्झौता भई काम थालेको निर्माण कम्पनीले अहिलेसम्ममा ३० प्रतिशत मात्र काम सम्पन्न गरेको बताइएको छ ।
स्थानीयवासीद्वारा पुल निर्माणको माग
सम्झौता सकिएको दुई वर्ष बित्दा पनि हुलाकी राजमार्ग अन्तर्गत पर्ने विरीङ खोलाको पुल निर्माण कार्यले गति लिन नसकेपछि स्थानीयवासीले पुल निर्माण कार्यलाई अघि बढाउन माग गरेका छन् ।
दक्षिणी गाविस राजगढ र शरणामतीको बीचमा पर्ने विरीङ खोलामा लामा–मैनाचुली निर्माण सेवा कम्पनीले संयुक्त रूपमा ३ सय १९ मिटर लामो पुल निर्माण गरिरहेको छ । सो पुलको लागत रू. १५ करोड ५० लाख ५९ हजार रहेको छ ।
२०७१ पुस मसान्तमा काम सम्पन्न गर्ने गरी २०६८ साउनमा ठेक्का सम्झौता भई काम थालेको निर्माण कम्पनीले अहिलेसम्ममा ३० प्रतिशत मात्र काम सम्पन्न गरेको बताइएको छ । समयमा काम नसकेको र सम्झाता अवधि सकिएको पनि दुई वर्ष वितिसक्दा पुल निर्माणको काम नसकिएपछि शरणामतीस्थित पन्थापाडाका स्थानीयवासीले पुल निर्माणको माग गरेका हुन् ।
यता सम्झौता अवधिमा काम नसकिएपछि पुन: निर्माण कम्पनीले दुई वर्षको समय थप गर्न माग गरेको कम्पनीका ठेकदार लोकवहादुर अधिकारीले बताए । उनका अनुसार राजनीतिक स्थिरता हुन नसक्दा काममा अवरोध भएकाले समयमा पुन:निर्माणको काम हुन नसकेको हो । लामो समयसम्म पेट्रोलियम पदार्थको अभाव भएका कारण पुल निर्माण गर्न नसकिएको हो – ठेकेदार अधिकारीले भने । पुल निर्माणका लागि ९ वटा पिलर आवश्यक छ, अहिलेसम्म ५ वटामात्रै पिलर हामीले तयार गरेका छौं बााकी काम पनि केही दिनभित्रैमा शुरु गर्छौ अधिकारीले भने ।
यसैबीच निर्माण कम्पनीले समयमा काम नगरेको बताउादै हुलाकी राजमार्ग आयोजना कार्यालय, इटहरीका इञ्जिनियर उप्रेन्द्र दासले पुल निर्माणको कामलाई सुचारु गर्न निर्देशन दिइएको बताए । उनले निर्माण कम्पनीले सन्तोषजनक काम नगरे पनि काठमाडौंमा रहेको हुलाकी राजमार्ग आयोजनालाई पनि सो विषयमा जानकारी गराइसकेको बताए ।
यता लामो समयदेखि क्रेन अपरेटर महमद फारुक खानले पारिश्रमिक अपाएको भन्दै केही समयअघिदेखि पुल निर्माण कार्यलाई अवरोध पुर्‍याएका छन् । १७ लाख भारतीय रूपैयाा आफूले पाउनुपर्ने दावी गर्दै उनले एक केही समयअघिदेखि पुल निर्माण कार्य रोकेका हुन् ।
यता निर्माण कम्पनीका ठेकेदार अधिकारीले उनले तेल चोरेर वेचेकाले उनलाई कामबाट हटाएको र ९ लाख रूपैयाा मात्रै पाउने जनाउदै केही दिनभित्रमा उक्त रकम पनि चुक्ता गर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 436

प्रतिक्रिया (०)

सम्बन्धित खबर