Aamsanchar

विहेको ४६ वर्षपछि ७२ वर्षको उमेरमा जन्मियो वच्चा

Author Image
शनिवार, जेठ १, २०७३

72

नयाँ दिल्ली-भारतमा एक ७२ वर्षीया महिलाले छोरा जन्माएको समाचार छ । उनले विवाह गरेको ४६ वर्षपछि पहिलो सन्तानका रुपमा छोरा जन्माएको समाचारमा जनाइएको छ ।

भारतको हरियाणा निवासी दालजिन्दर कउरले गत महिना छोरो जन्माएको समाचार शुक्रबार सार्वजनिक गरिएको छ । उनले आइभिएफ प्रविधि (इन्भेट्रो फर्टिलाइजर) उपचार प्रविधिमार्फत बच्चा जन्माएकी हुन् । दुई वर्षदेखिको उपचारपछि उनले गत महिना बच्चा जन्माएको बताइएको छ ।
उनका पति मोहिन्दर सिंह गिल हाल ७९ वर्षका छन् । ती दम्पत्तिले आफ्नो उमेर बताउन चाहेका थिएनन् । प्रायः भारतीयहरु आफ्नो उमेर भन्न चाहँदैनन् । तर पनि चिकित्सकले अस्पतालमा राखेको उनीहरुका कागजातबाट उनको उमेर खुलेको जनाइएको छ । भारतमा धेरै उमेरमा बच्चा जन्माउने आमामा उनी पर्ने समाचारमा उल्लेख गरिएको छ ।
ती दम्पत्तिले आफ्नो छोराको उमेर अर्मान राखेका छन् । समाचारमा भनिएको छ– यदि ती महिलाको उमेर सही रहेछ भने उनी संसारकै सबैभन्दा पाको उमेरमा बच्चा जन्माउने आमा बन्नेछिन् ।

उनले सम्वाददाताहरुसँग भनिन्– आज आफ्नै सन्तान आफूसँग भएकोमा म निकै खुशी छु ।

उनले आफूलाई यसरी सन्तानका लागि गरेको उपचारको विषयलाई लिएर आफ्नो समाजले गलत काम गरेको भनेर कुरा उठाउने गरेको बताइन् । उनले भनिन्– मलाई धेरैले गलत गरिस् भन्थे तर अहिले आएर भने म सही थिएँ भन्ने कुरा प्रमाणित पनि भएको छ ।

यी दम्पत्तिले बच्चा जन्माएको यस विषयले भारतमा आइभिएफको उपचार र बच्चा जन्माउने प्रक्रियामा नैतिक प्रश्न खडा गरिदिएको छ भारतका आइभिएफ विज्ञहरुको धारणा छ ।

भारतीय मेडिकल काउन्सिलका अनुसार त्यहाँको कानुनले आइभिएफ प्रविधिबाट बच्चा जन्माउन चाहने दम्पत्तिको उमेर दुवैको जोड्दा १०० वर्षभन्दा बढी हुन नहुने व्यवस्था छ ।

तर यो उमेर यी दम्पत्तिको भने बढी हुन्छ । त्यसैले यस जन्मले भारतमा नैतिक प्रश्न खडा गरिदिएको भारतको एक दैनिक पत्रिका टाइम्स अफ इन्डियाले दिएको छ । रासस÷एएफपी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 439

प्रतिक्रिया (०)

सम्बन्धित खबर