Aamsanchar

निजी खर्चमा पाँच व्यक्तिले बनाए पुल

Author Image
मङ्गलवार, जेठ ४, २०७३

pul

 

उर्लाबारी (मोरङ) ।

ग्रामीण क्षेत्र राजघाट–३ मा स्थित रातेहोली खोलामा छिमेकी उर्लाबारी नगरपालिकाकाका पाँच व्यक्तित्वले पुल निर्माण गरिदिएका छन् ।

पुलको आज बिहान सांसद ऋषिकेश पोख्रेलले उद्घाटन गर्नुभयो । रु २५ लाख २१० को लागतमा उर्लाबारीका गङ्गा खरेल, प्रेमचन्द्र बाहेती, गोविन्द सुवेदी, ओम खरेल र चेतनाथ सिग्देलले सो पुल निर्माण गरिदिनुभएको हो । बाइस फिट लम्बाइ र १८ फिट चौडाइको सो पुल निर्माण भएपछि राजघाट गाविसभित्रका स्थानियवासी लाभान्वित हुने भएका छन् ।

सो पुल निर्माण गर्नका लागि जग्गादान गर्ने भुवनेश्वर महतो, सूर्यमान सिरेङ र मोतीलाल दाहाललाई सम्मान गरिएको थियो । पुलको उद्घाटन गर्दै सांसद पोख्रेलले देश निर्माणका लागि नयाँ जागरण र उत्साह आवश्यक रहेकामा जोड दिनुभयो ।
सांसद पोख्रेलले उर्लाबारी–आम्बारी–सिजुवा सडक निर्माणका लागि रु नौ करोड ७० लाखको बोलपत्र आह्वान भइसकेको जानकारी दिँदै सो योजनाले उर्लाबारीसहित राजघाट, इटहरा, सिजुवा र झुर्किया गाविसका बासिन्दाको जनजीवनलाई सहज पार्ने बताउनुभयो ।

यस्तै उर्लाबारीको आइतबारे–बरडङ्गा सडकखण्ड निर्माणका लागि बहुवर्षीय योजना अन्तर्गत यस वर्ष रु तीन करोड ५५ लाख विनियोजना हुने उहाँले जानकारी दिनुभयो । सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’कार्यक्रम तथा सामाजिक सुरक्षा भत्तामा र निर्वाचन क्षेत्र विकास कोषमा समेत बजेट वृद्धि गर्ने तयारी भएको उहाँले बताउनुभयो ।

सो अवसरमा प्रजिअ तोयम रायले सबै धर्म, संस्कृति र समुदायले वार्षिक आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा लगानी गर्नुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर